५२८ पदकको साथमा नगद पुरस्कर सहित न्युयोर्कमा कराते च्याम्पेनसिप प्रतियोगिता हुदै

२०८१ आश्विन ७, सोमबार ११:४२ गते २०८१ आश्विन ७, सोमबार ११:४२ गते २०८१ आश्विन ७, सोमबार ११:४२ गते

स्थापनाको लामो समयपछि नेपाली कराते स्कुल आइएमए निहोन कराते डो न्युयोर्कले पहिलो पटक कराते च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने भएको छ । आइएमए कराते च्याम्पियनसिप २०२४ नाम दिएको यस प्रतियोगितामा अमेरिक र क्यानडाका विभिन्न तौल समुहका खेलाडीहरु सहभागी हुने जानकारी डोजाङका अध्यक्ष ग्रेन्ड मास्टर शान्त थोकर तामाङले दिनु भएको छ ।

डिसेम्बर ८, २०२४ मा हुने प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुको खेलाडी दर्ता प्रक्रिया शुरु भएको आयोजकले जानकारी दिनु भयो । तीन सय जना खेलाडीहरुको सहभागिता रहने अपेक्षा गरेको यस प्रतियोगितामा ५ वर्ष देखि ४५ वर्ष उमेर समूहले प्रतिस्पर्धा गर्ने छन् । काता र कुमुतेतर्फ गरी १३२ वटा स्वर्ण, १३२ वटा काश्य र २६४ वटा रजत पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा विभिन्न तीन विधामा ग्रयाण्ड च्याम्पियनसिप समेत प्रदान गरिने छ । ग्रयाण्ड च्याम्पियनसिपका विजेताले १ हजार ४०० डलर नगद पुरस्कार पाउने छन् । यो प्रतियोगिता नेपाली कराते स्कुलले न्युयोर्कमा पहिलो पटक आयोजना गर्न लागेकोले नेपाली समुदायका लागि ठूलो प्रतिष्ठाको रुपमा रहेको आयोजक निहोन करातेका अध्यक्ष एवं प्रमुख प्रशिक्षक थोकरले बताउनु भयो।

प्रतियोगितालाई सफल बनाउन सम्पुर्ण नेपाली समुदायका खेलाडी, अभिभावक, अगुवा तथा व्यापारी समुदाय गरी सबैको ऐक्यबद्धता र सहयोग रहने विश्वास थोकरले व्यक्त गर्नु भएको छ । १८ वर्षदेखि न्युयोर्कमा कराते स्कुल संचालन गर्दै आएका थोकरले हाल न्युयोर्क क्वीन्सस्थित उडसाइड र फरेष्ट हिलमा निहोन कराते डो संचालन गर्दै आउनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *