नारायणहिटी गेट अगाडि काग सम्मेलन गर्दै दुलाल

२०८१ कार्तिक १४, बुधबार ००:२९ गते २०८१ कार्तिक १४, बुधबार ००:२९ गते २०८१ कार्तिक १४, बुधबार ००:२९ गते

काठमाडौँ । काग तिहारको अवसरमा बुधबार बिहान ‘२१औँ काग सम्मेलन’ गर्न लागिएको छ । विभिन्न जिवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले विगतका वर्षहरुमा झैँ यो वर्ष पनि सम्मेलन गर्न लागेका हुन् ।
राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा हुन लागेको सम्मेलन बुधबार बिहान साढे ५ बजेका लागि तय भएको दुलालले बताए । उनका अनुसार नारायणहिटीको दक्षिणी गेट नजिक हुने उक्त सम्मेलनमा कागको दुरुस्त आवाज निकालेर सयौँ कागलाई भेला पार्ने लक्ष्य लिइएको छ ।
‘विगत वर्षमा झैँ यो वर्षपनि सम्मेलन गरेर कागलाई भेला गराउन लागिएको छ । यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी ठेगाना भएका दुलालले भने।
‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले थपे ।
कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।
दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए । दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।
सम्मेलनको मुख्य प्रयोजक एसियाना कतार, सहप्रायोजक ह्याम्स हस्पिटल, ब्राइट ओसन ओभरर्सिज, टप राजधानी रोधी क्लब रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *