बैरो संघको प्रथम उपाध्यक्षमा अख्तर हुसेनको स्वतन्त्र उम्मेदवारी

२०८१ चैत्र २२, शुक्रबार १८:२७ गते २०८१ चैत्र २२, शुक्रबार १८:२७ गते २०८१ चैत्र २२, शुक्रबार १८:२७ गते

काठमाडौ,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत्र २९ गते हुने निर्वाचनमा वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका ओभरसिज इम्प्लोइमेन्टका अध्यक्ष अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन ।


संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धन र तालमेलप्रति असन्तुष्टि जनाउँदै व्यवसायी हुसेनले व्यवसायीका पक्षमा काम गर्नका लागि कुनै पार्टीमा नलागि स्वतन्त्र रुपमा प्रथम उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका हुसेन व्यवसायी माझ परिचित पुराना मेनपावर ब्यावसायी हुन । स्पष्ट वक्ताका रुपमा आफ्नो पहिचान बनाएका हुसेन अघिल्लो कार्यसमितिमा द्धितिय उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए ।
संघलाई पार्टीमुखी नभई व्यवसायीमुखी बनाउनुपर्छ भन्ने मान्यता राख्ने हुसेन संघको ३२ बर्षे इतिहाँसमा राजनैतिक पार्टीले व्यवसायीलाई दुःख बाहेक केही नदिएकोले त्यसलाई चिर्न स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरेको बताउँछन ।
आगामी कार्यकालका लागि संघको नेतृत्वमा जानेहरुले राजनैतिक खोल ओडेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै प्रथम उपाध्यक्ष पदमा उम्मेद्धवारी दिएको उनले बताए । वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित रोजगार बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको समेत हुसेन बताउँछन् । संघको पदमा नहुँदा पनि डिजिटल प्रतिकारको अवधारणा ल्याएर व्यवसायीलाई सोसलाइज, सुरक्षित र एकीकृत गराउन सकेकोले अव यो व्यवसायलाई सम्मानित बनाउन आफ्नो उम्मेदवारी दिएको हुसेनले बताए ।
व्यवसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित हुसेनकोे उम्मेद्धवारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन ।

संघको प्रथम उपाध्यक्षमा नरेश गेलाल प्यानलबाट सुजितकुमार श्रेष्ठ र भुवन गुरुङ प्यानलबाट नरेन्द्र ढकालले यस अगाडि नै उम्मेदवारी घोषणा गरिसकेका छन ।
हुसेनलाई स्वतन्त्र ब्याबसायीहरु र तराई वैदेशिक रोजगार समाजले समर्थन गरेका छ्न । हुसेनले आफू ब्याबसायीको सही मागहरु लिएर ब्याबसायीमाझ गएको र सबै ब्याबसायीले साथ दिने वचन दिएको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *