काठमाडौँ- कलाकार तथा मोडेल आर्चर पन्त र पूजा मोक्तान अभिनीत ‘महसुस गर्नुछ’ बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियो द डाफेस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
कलाकार पन्तले यसअघि रंगमञ्चमा ‘आकाशको बाटो’, ‘अन्तिम पत्र’, ‘शहिद बोल्छन’लगायत नाटकमा अभिनय गरिसकेका छन्।
प्रेम कथामा आधारित गीत निर्मल तिमल्सिनाको लेखेका हुन्। गीतमा रवि सुनार र पिटु गहतराजको स्वर छ। गीतमा गायक रविले नै संगीत भरेका छन्। द डाफेस फिल्मले निर्माण गरेको गीतको भिडियो विवेक विकको छायांकन, बोम खत्रीको निर्देशन र सम्पादनमा बनेको छ।
यस्ताे छ गीत
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0