काठमाडौ-भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा काठमाडौंमा विशेष समारोहबीच सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालको पहिलो नायिका भुवन चन्द रहनुभएको थियो भने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल विशेष अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि चन्दले तीजलाई नेपाली महिलाको आत्मीयता, संस्कृति र एकताको प्रतीकका रूपमा रहेको धारणा राख्नुभयो । ‘तीज केवल रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो । यदि हामी नयाँ पुस्तामा यसको महत्व र मौलिकता प्रवाह गर्न सक्यौं भने हाम्रो परम्परा अझ उज्ज्वल र बलियो बन्छ’, उहाँले भन्नुभयो ।

त्यसैगरी, उपमेयर डंगोलले तीज महिलाहरूलाई सशक्त बनाउन सक्ने पर्वका रूपमा व्याख्या गर्नुभयो । ‘यस्ता उत्सवले हाम्रो संस्कृति र परम्परालाई जोगाउने मात्र होइन, समुदायमा सहकार्य र एकताको भावना पनि बढाउँछ’, उहाँको भनाइ थियो ।

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै ‘तीज मिलाप सम्मान’ प्रदान गरिएको थियो ।
सम्मानित हुने व्यक्तित्वहरूमा डा. तारादेवी कार्की (तारु), गायिका एबम मोडल उर्मिला खत्री (रिया),गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडालगायत हुनुहुन्थ्यो । उनिहरुलाई प्रमुख अतिथि नेपालको पहिलो नायिका भुवन चन्द र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले खादा ओढाएर प्रमाणपत्र बितरण गर्दै सम्मान गर्नुभएको थियो ।
सम्मानितहरुले आफुहरुलाई योग्री सम्झेर सम्मान गरेकोमा धन्यवाद ब्यक्त गरेका छन ।
सम्मानितहरुको तर्फबाट बोल्दै गायिका तथा मोडल उर्मिला खत्री”रिया” ले आफ्नो कलालाई सम्मान गर्दै सम्मानित गरिएकोमा धन्यवाद ब्यक्त गर्दै यस्ता सम्मानले आफुहरुजस्तो उर्जाशिल कलाकारको मनोबल बढ्ने बताईन ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतीमा नृत्य, गीत र साहित्यिक अभिव्यक्तिहरू प्रस्तुत गरिएका थिए । यसले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो । दिदीबहिनीहरूले तीजको परम्परागत भेषभूषामा रमाइलो गर्दै गीतमा नाच्दा वातावरण उल्लासपूर्ण बनेको थियो ।

कार्यक्रमकी सभापति गीता अधिकारीले विगत १५ वर्षदेखि निरन्तर मिलाप मासिक प्रकाशन हुँदै आएको जानकारी गराउँदै नेपाली नारीको महान् पर्व तीजलाई पनि विगत चार वषदेखि निरन्तर उत्सवका रूपमा मनाउँदै आएको बताउनुभयो । ‘यस किसिमको आयोजनाको मुख्य उद्देश्य नेपाली संस्कृतिको मौलिकता जोगाउँदै महिला सशक्तिकरण, सामाजिक एकता र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्नु हो’, उहाँले भन्नुभयो । अधिकारीले कार्यक्रममा सहकार्य र सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

यस वर्षको उत्सवलाई अभियान्ता फाउण्डेशनको प्रमुख कार्यक्रम ‘टेक लिडहर्स फेलोशिप’ अन्तर्गत सञ्चालित ‘सचेत नारी अभियान’ले समेत साथ दिएको थियो । काठमाडौं महानगरपालिकाको वडा महिला सञ्जालसँग सहकार्यमा चार महिनासम्म चलेको अभियानका कम्युनिटी एम्बास्डरहरू कार्यक्रममा सहभागी थिए । उनीहरूले डिजिटल वकालत, सञ्चार र सामुदायिक सचेतनासम्बन्धी तालिम लिएर समुदायमा लैगिंक हिंसाबारे जागरण फैलाएका छन् । अभियानमार्फत चार हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिइएको आयोजकहरूले जनाएका छन् । फाउण्डेशनले यसपटक मिलापको तीज उत्सवलाई प्रायोजनसमेत गरेको थियो, जसले मनोरञ्जन क्षेत्रका दर्शकमाझ पनि अभियानलाई जोड्ने प्रयास गरेको हो ।

 

सो अवसरमा विभिन्न वक्ताहरूले पछिल्लो समय तीज अत्यधिक भडकिलो बन्दै गएको भन्दै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले मिलापका निरन्तरका कार्यहरूको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बरिष्ठ गायिका देविका बन्दना, बरिष्ठ कलाकार शारदा गिरी, नेपाल पत्रकार महासंघ अध्यक्ष नितु पण्डित लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रम सञ्चारकर्मी रिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने गायिका सारिका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा डा. बुनु दाहाल, हास्य कलाकार निरु खडका, सरिता राजोपाध्याय, रानु निरौला, सुनिता कुँवर, गीता सिंह, वसन्ती लामा, गीता नेपाल, बबिना भट्टराई, शिला गजुरेल, भूमी पौडेललगायत समाजमा विशेष योगदान दिनुभएका एक सय जति महिलाहरूको उपस्थिति थियो ।
कार्यक्रममा चर्चित गायिका एबम मोडल उर्मिला खत्री (रिया) र
स्वस्तीका गिरीले नृत्य प्रस्तुत गर्नुभएको थियो भने मञ्जु थापा, शोभा पाण्डे र सारिका घिमिरेले गीत प्रस्तुत गर्नुभएको थियो । गायिका एबम मोडल उर्मिला खत्री (रिया) को उत्कृष्ट प्रस्तुतीले कार्यक्रममा थप रौनकता ल्याएको थियो । उनको प्रस्तुतीमा सबै अतिथीहरु र उपस्थितहरुले पनि निर्त्य प्रस्तुत गरेका थिए ।
उत्सवमा तीजको दरसहितको भोज र रमाइलो नृत्य प्रस्तृत गरिएका थिए । दिदीबहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed