काठमाडौं — नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा आयोजित “छैटौं जिनियस म्युजिक अवार्ड–२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड–२०२५” तथा “जिनियस लोक नृत्य प्रतियोगिता–२०८२” राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा नेपाली संगीत क्षेत्रमा दिर्घ योगदान पुर्याएकी अग्रज गायिका मीरा राणालाई ‘दिर्घ साधना सम्मान’ प्रदान गरिएको थियो।
त्यसैगरी ‘जिनियस पत्रकारिता सम्मान’ अन्तर्गत रामजी बगाले, तुलसी गिरी, चन्द्रमणी गौतम, सुरेन कुँवर र अक्कल कुँवरलाई सम्मान गरिएको थियो।

सामाजिक क्षेत्र, व्यवसाय र साहित्यमा उल्लेखनीय योगदान पुर्याउने राममणी न्यौपाने, लोकनाथ भट्ट र डा. कृष्णहरि बराललाई जिनियस अचिभमेन्ट अवार्ड–२०२५ प्रदान गरिएको थियो।
यस्तै, देवेन्द्र शाही, बसन्त घिमिरे, प्रदीप अर्याल, रोशन कुमार श्रेष्ठ, रुद्रबहादुर नेपाल, जुनु घिमिरे, प्रकाश कुमार श्रेष्ठ, जयराम तिमील्सिना र दिपा श्रेष्ठलगायतका व्यक्तिहरू पनि विशेष सम्मानका पात्र बने।
स्रष्टा र विशेष सम्मान अन्तर्गत सोनाम पाख्रिन, शोभा त्रिपाठी, प्रोसेस पाण्डे, अश्विनी कान्त झा, दिपीका बलामी, सन्दिप भुजेल, टेकराज पाण्डे, अप्सना नेवा हायु, जितेन तामाङ, ईश्वर गुरुङ, जितेन्द्र महर्जन, सुरज पौडेल र बिजेता परियारलाई सम्मान गरियो।
विभिन्न ४० भन्दा बढी विधामा उत्कृष्ट ठहरिएका कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो।
मुख्य विजेता सूचीमा
सर्वोत्कृष्ट नव गायिका (लोक/दोहोरी) रिया खत्री,
सर्वोत्कृष्ट गायिका (लोक/दोहोरी) पूर्णकला बी.सी.,
सर्वोत्कृष्ट गायिका (पप) ममता गुरुङ,
सर्वोत्कृष्ट गायिका (आधुनिक) रचना रिमाल,
सर्वोत्कृष्ट गीतकार (चलचित्र) श्रवण मुकारुङ,
सर्वोत्कृष्ट संगीतकार (चलचित्र) अर्जुन पोखरेल,
पब्लिक च्वाइस अवार्ड दुर्गेश थापा (“दुश्मन हेरेको हेरै”),
पब्लिक फेस अवार्ड उमर खान,
र पब्लिक च्वाइस (जुरी) सारिका घिमिरे (“गुन भुल्यौ”) रहेका छन्।
यस्तै, प्रियंका कार्की, दुर्गेश थापा, महेश शिल्पाकार, राज सिग्देल, शिव कैलाश, अर्जुन सापकोटा, सन्तोष राजवाहक लगायतका कलाकारहरूले पनि विभिन्न विधामा अवार्ड हात पारे।
लोकनृत्य प्रतियोगितामा विद्यालयस्तरबाट आकर्षक प्रस्तुति देखाइएको थियो।
रिलायन्स इन्टरनेशनल एकेडेमी पहिलो, तिरुपति इङ्लिस स्कूल दोस्रो, मानसिधार्थ इङ्लिस स्कूल तेस्रो र टाइमलाइन
Views: 0

