श्रम सम्झौतामा भनेको जस्तो काम र तलब पाउनुभएन? यसरी उजुरी गर्नुहोस् (प्रक्रिया सहित)

२०७५ मंसिर ६, बिहीबार १५:४९ गते २०७५ मंसिर ६, बिहीबार १५:४९ गते २०७५ मंसिर ६, बिहीबार १५:४९ गते

वैदेशिक रोजगारीमा गएका धेरै नेपालीले भने बमोजिम काम र तलब सुविधा नपाएको कुरा हामीले धेरै सुन्दै आएका छौँ।

यस्तो अवस्थामा के गर्ने भन्ने जानकारी नभएर धेरै नेपाली शोषण सहन बाध्य छन्। यो लेख हामीले नेपालमा भएको श्रम सम्झौतामा लेखेको भन्दा फरक काम र तलब पाएर दुख भोगिरहेका नेपालीका लागि तयार पारेका हौँ।

भनेको भन्दा फरक काम र तलब भए कहाँ निवेदन दिने, के कस्तो कागजपत्र चाहिन्छ, कसले निवेदन दिन पाउने, जस्ता विषयमा जानकारी दिँदैछौँ।

भनेजस्तो तलब नपाए के गर्ने?
विदेशमा पुगेपछि नेपालमा सम्झौता भए जस्तो काम र तलब पाउनुभएन भने तपाईँले वैदेशिक रोजगार विभागमा श्रम सम्झौतामा तोकिएको भन्दा काम र तलब फरक भएको प्रमाणसहित निवेदन दिन सक्नुहुन्छ।

निवेदन दिन के के कागजपत्र चाहिन्छ?
निवेदन दिन निम्न कागजपत्र चाहिन्छ।

  • पासपोर्ट र भिसाको प्रतिलिपि
  • कामका लागि गरिएको सम्झौता पत्र (श्रम सम्झौता)
  • नागरिकताको प्रतिलिपि, आफूले बुझेको तलबको भरपाई
  • श्रम स्वीकृतिको प्रमाण
  • सम्भव भएमा आफूले विदेशमा काम गरेको हाजिरीको अभिलेख

निवेदन कति अवधि भित्र दिई सक्नुपर्छ?
सम्झौता भन्दा फरक तलब र काम पाएको मितिले एक वर्ष भित्रमा उजुरी गरिसक्न पर्छ। तर तपाईँ विदेशमै हुनुहुन्छ भने फर्किएको एक वर्षभित्रमा विभागमा उजुरी दिन सक्नुहुन्छ।

क-कसले निवेदन दिन सक्छन्?
सम्झौता अनुसार काम र तलब भएन भनेर कामदार नेपाल फर्किसकेको भए कामदार आफैले वा कामदार विदेशमै भए कामदारका आफन्तले पनि विभागमा उजुरी दिन सक्छन्।

सम्झौता भन्दा फरक काम र तलब भए म्यानपावर कम्पनीलाई कस्तो कारबाही हुन्छ?

  • विदेश जाने बेलामा गरेको सम्झौता अनुसारको काम नपाएमा पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले एक लाख रुपैयाँ जरिवाना गर्न सक्छ।
  • त्यस्तै सम्झौतामा तोकेको भन्दा कम तलब भएमा कम भएको रकम पठाउने म्यानपावर कम्पनीले भरपाई गर्नुपर्ने हुन्छ।
  • जस्तै यदि तपाईँलाई मेसन कामका लागि मासिक ११०० दिराम दिने सम्झौता भएको थियो तर त्यहाँ पुगेपछि जम्मा ९०० दिराम मात्र तलब पाउनुभयो र तपाईँले १ वर्ष त्यहाँ काम गर्नुभयो र फर्केर उजुरी दिनुभयो र त्यो प्रमाणित भयो भने तपाईँलाई पठाउने म्यानपावर कम्पनीले मासिक २०० दिराम कम तलब पाएको हिसाबले १२ महिनाको २४०० दिराम भरपाई दिनुपर्छ। श्रोत-amp.shuvayatra.org

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *