शृङ्खलाले चीनबाट आँखाभरि आँसु पारेर दिइन् यस्तो सन्देश

२०७५ मंसिर १६, आईतवार १३:०४ गते २०७५ मंसिर १६, आईतवार १३:०४ गते २०७५ मंसिर १६, आईतवार १३:०४ गते

काठमाडौँ – मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल शृङ्खला खतिवडाले आफू हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सफल हुन नसकेकोमा अरु कसैलाई दोष नदिन आग्रह गरेकी छन् ।

अहिले चीनको सान्यामा रहेकी शृङ्खलाले आफ्नो इनस्टाग्राममा भिडियो सन्देश जारी गर्दै मिस सिंगापुरले योग्य भएर नै जितेकाले नेपालले जित्नु पर्थ्यो भनेर वा मिस सिंगापुरलाई गाली गर्ने तरिकाले कमेन्ट नगर्न आग्रह गरेकी हुन् । भोटतर्फ शीर्ष २० मा पुगेकी शृङ्खलालाई समग्रहमा शीर्ष ३० मा पुग्नका लागि हेड–टू–हेड च्यालेन्ज जित्नु पर्ने थियो ।

तर त्यसमा मिस सिंगापुर भेनिसा पेहसँग पछि परेकी हुन् । शृङ्खलाले यो च्यालेन्ज जितेर नेपालका लागि केही भए पनि गर्व गर्ने र आफ्ना समर्थक तथा शुभचिन्तकलाई उत्साह दिने मन भए पनि नसकेकोमा माफी मागेकी छन् । उनले अझै सम्भावना बाँकी रहेको र टप ३० मा पुग्ने आश बाँकी भएको पनि उल्लेख गरेकी छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *