Or

साउनेपानी सहकारीको साधारण सभा

२०७४ पुष २९, शनिबार १६:३४ गते २०७४ पुष २९, शनिबार १६:३४ गते २०७४ पुष २९, शनिबार १६:३४ गते

सन्तोष केसी,तुलसीपुर २९ पुस

शान्तिनगर गाउँपालिका ३ साउने पानीमा रहेको शाउने पानी कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा एबं दोस्रो अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुमान बहादुर वलीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता एबं शान्तिनगर गाउँपलिकाका कार्यकारी अधिकृत निम बहादुर केसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।त्यस अबशरमा बक्तारुहले सहकारीबाटै आर्थिक समृद्धि बनाउन सकिने बताएका थिए ।

्रमुख अतिथि डाँगीले स्थानीय तहलाई प्रदान गरिएको आधारमा सहकारीलाई ब्यबस्थित र मर्या्दित बनाउने प्रतिबद्धता जनाए । साथै उनले शान्तिनगरलाई कृषि तथा पर्यटकीय स्थलको रुपमा बिकास गर्ने बताए ।कार्यक्रममा शान्तिनगर ६ का अध्यक्ष रबी बुढाथोकी, ७ का अध्यक्ष पीमलाल वली, ५ का अध्यक्ष गिरीराज बस्नेत, ४ का अध्यक्ष धन बहादुर केसी, २ का अध्यक्ष फर्साराम वली, जुम्लेकुला बिद्यालयका प्रअ देव बहादुर केसी, यज्ञ बहादुर केसी, सोभाराम वली, कालुराम चौधरी, फमन बहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबशरमा सहकारीले बिउ बिजन उत्पादन, कृषि उत्पादन सम्बन्धि तालिन, ऋण लगानी गर्दै आएको जानकारी दिईएको थियो । सहकारीमा ६३ जना सदस्य आबद्ध रहेका छन् । उदिम बहादुर वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजिकरण गोपाल मल्लले गरेको थिए ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or