बिहे गरेको एक सातामै दुर्घटनामा मृत्यु

२०७५ पुष ७, शनिबार २०:५९ गते २०७५ पुष ७, शनिबार २०:५९ गते २०७५ पुष ७, शनिबार २०:५९ गते

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१७ निवासी गणेश विक गत मंसिर २९ गते बिवाह बन्धनमा बाँधिएका थिए। बसका सहचालक गणेश विवाह भएको भोलिपल्टै काममा लागिहाले। शुक्रबार बिहान ‘आज सल्यान रिजर्भ जानु छ’ भन्दै बिहान ५ बजे घरबाट निस्किएका थिए उनी।अबेरसम्म घर नफर्किएपछि नवदुलही कमला र आमा लक्ष्मीले पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन। बिहान घर छेउँमा रहेकी शिक्षिकाले बस दुर्घटनाबारे जानकारी दिएपछि गणेशकी आमा लक्ष्मी छोराको पहिचान गर्न अस्पताल आइपुगिन्।

‘मेरो छोरा सल्यान बस लगेर गएको, फर्किएको छैन, यहाँ पो छ की हेर्छु,’ भन्दै शवगृहमा पसिन्। लक्ष्मी डाको छोडेर रुन थालिन्। एउटा आमाले आफ्नो सन्तानलाई मृत कहाँ देख्न सक्छिन्। बलिन्द्र आँशुका धारा झर्न थाल्यो।महिला प्रहरी र उनीसँग आएका महिलाहरुले सम्हाल्दै अलि पर लगे। ‘घरमा दुलही छिन्, विवाह भएको ७ दिन भयो,’ सुस्केरा हाल्दै भनिन्, ‘रिजर्भ छ, सल्यान जान्छु भनेर बिहान ५ बजे नै निस्केको थियो, छोरालाई कस्तो भयो होला, कति चोट लाग्यो होला?’

सल्यानबाट घोराही फर्कने क्रममा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भयो। १९ जना विद्यार्थी, दुई जना शिक्षक, एक जना गाडी चालक, एक जना सहचालक गरी २३ जनाको निधन भयो।घोराही उपमहानगरपालिका वडा नम्बर–१७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको वनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा पर्यो। बा४ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिजर्भ गरेर विद्यार्थी तथा शिक्षकहरु शैक्षिक अवलोकन भ्रमणमा गएका थिए।-देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *