हेर्नुहोस जाडोमा उपयोगी पाँच तरकारी

२०७५ पुष १२, बिहीबार १४:०१ गते २०७५ पुष १२, बिहीबार १४:०१ गते २०७५ पुष १२, बिहीबार १४:०१ गते

जाडोयाममा चिसोबाट बच्न प्रशस्त मात्रामा न्यानो कपडा लगाउनुपर्छ। झोल खानेकुरा खानुपर्छ। घाम ताप्नुपर्छ। तर, जाडो छल्नलाई तरकारी छनौटमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने धेरैलाई थाहा नहुनसक्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

यी हुन् जाडोमा उपयोगी पाँच तरकारी

रायोः हिउँदमा सजिलै उपलव्ध हुने स्वादिष्ट तरकारी हो रायो। रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा वढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ। नियमित खाँदा रुघाखोकी पनि लाग्दैन।

गोलभेँडाः स्वादमा मात्र नभई गोलभेँडा स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी तरकारी हो।

यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ। जसले जाडो मौसममा हुने श्वासप्रश्वाससम्बन्धी रोग, छाला सुख्खा हुनबाट जोगाउनुका साथै बोसो कम गर्न पनि मद्दत गर्छ।

बाँसको तामाः जाडोमा बाँसको तामाको सुप पनि अति नै उपयोगी तरकारी हो। यसको अचारसँगै सुप बनाएर पनि खान सकिन्छ।

बाँसको तामाको परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कालेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्छ।

मेथीको सागः मेथिको दानामात्र नभएर साग पनि अत्यन्तै उपयोगी तरकारी हो। मेथिको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ।

च्याउः च्याउ सेलेनियमको राम्रो श्रोत हो। यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन। र, रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ।-नेपाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *