शनिको साढेसातको दशा अब आउने ‘२०२०’ सम्म यी ५ राशिमा चल्ने ! यस्ता उपाय अपनाउँदा लाभदायी।

२०७५ माघ १९, शनिबार ००:३७ गते २०७५ माघ १९, शनिबार ००:३७ गते २०७५ माघ १९, शनिबार ००:३७ गते

एजेन्सी : हरेक ग्रहको स्थिति र राशि परिवर्तनले सबै राशिलाई केहि न केहि असर पारी रहेको हुन्छ। यस्तै शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ।

मानिसहरु शनिको साढे सातको दशा भन्ने बितिकै डराउने गर्छन्। तर सबै अवस्थामा भने शनिको साढे सातको दशाले नराम्रो गर्छ भन्ने हुँदैन केहि अवस्थामा साढे सातको दशाले धेरै लाभ पुर्याउन सक्छ।

ज्योतिष शास्त्रीहरुका अनुसार निम्न उल्लेखित ५ राशिमा २०२० सम्म साढे सातको दशा चल्नेछ।

वृश्चिक राशि
वृश्चिक राशिमा अहिले शनिको साढे सातको दशा चलिरहेको छ। यस दशा केहि समय पछिनै सकिने भएता पनि यस राशि हुनेहरुले सावधानी अपनाउनु पर्ने देखिन्छ। पारिवारिक जीवनमा केहि अनिष्ट नहोस् भन्नको लागि सजक रहनु पर्ने देखिन्छ। जीवनमा हुने हरेक घटनालाई गहन तरिकाबाट नियन्त्रण गर्नु पर्ला। सवारी साथै यात्राको समयमा असहज हुने हुँदा सावधानी अपनाउनु उपयुक्त हुन सक्छ।

कन्या राशि
२०२० सम्म कन्या राशिमा शनिको ढैय्या चल्नेछ। यस कारणले गर्दा कन्या राशि हुनेहरुले आफ्नो क्रोधमा नियन्त्रण राख्नु होला। साथै बोलीको कारण आफ्नो दैनिकी माथि पर्ने असर प्रति पनि सजकता अपनाउनु पर्ने देखिन्छ। शनिको ढैय्या चल्नाले जमिन साथै अचल सम्पतिमा असर पर्ने हुँदा यस सम्बन्धि कारोबार गर्दा संयम रहनु पर्ने देखिन्छ। उपाय:हनुमानलाई हरेक शनिबार र मंगलबार सिन्दुर अर्पित गर्नुहोस्।

वृष राशि
शनिको ढैय्या प्रभावले गर्दा वृष राशि हुनेहरुको लागि दांपत्य जीवनमा साथै प्रेम जीवनमा असर पर्ने देखिन्छ। पारिवारिक जीवनमा बहुत उथल-पुथल हुन सक्ने हुँदा सजकता अपनाउनु उचित हुने देखिन्छ। साथै आफ्नो मात्र नभई परिवारको भविष्यसंग जोडिएका निर्णय गर्दा संयम रहनु उचित हुनेछ। उपाय:गरिबहरुलाई जुत्ता साथै कपडा दान गर्नुहोस्।

धनु राशि
धनु राशिलाई पनि शनिले असर पार्ने देखिन्छ। मदिरा सेवन गर्दा गलत असर पर्ने हुँदा मदिरा देखि टाढा भएको राम्रो हुनेछ। सानो-सानो समस्याले पनि ठूलो मानसिक तनाब दिने देखिन्छ भने शारिरिक कष्ट पनि मिल्नेछ। उपाय: हनुमान चालिसाको पाठ गर्नुहोस्।

मकर राशि
मकर राशि हुनेहरुलाई शनिको साढे सातको दशाले कम असर गर्ने देखिन्छ। तर स्वास्थ्यमा बहने विशेष ध्यान दिनु पर्ने देखिन्छ। खान-पानमा विशेष ध्यान दिनु पर्ला भने नयाँ कार्यको थालनी गर्दा केहि असहजता देखा पर्ने देखिन्छ। तर वैदेशिक यात्रा भने सफल हुन सकल। उपाय: हनुमानको उपशाना गर्नुहोस्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *