हृदयघातबाट हुने मृत्यु दिन प्रतिदिन बढ्दै गएकोले सबै जनाले यो रोगको सिकार हुनबाट आफुलाई र अरुलाई पनि बचाउन अतिनै जरुरी ठान्दछु । त्यसैले फेरी पनि एक चोटी हृदयघात हुँदा देखिने लक्षणहरु बताउन गईरहेको छु।
राम्रोसँग बुझ्नु भएका श्रोता तथा स्वास्थ्यकर्मीहरुले नेपालको हरेक ठाउँमा बस्ने नेपालीहरुलाई मुटुको रोगको बारेमा र विशेष गरेर हृदयघात जस्ता बिषयमा शिक्षा दिएर सबैमा चेतना जगाउनु होसियार सामाजिक जिम्मेवारी ठान्दछु र यसो गर्न सकिएमा मात्र यस सम्बन्धी सहि जानकारी उल्लेख गराउने चिकित्सक तथा स्वस्थीय कर्मीहरुलाई हरुलाई पनि प्रोत्साहन मिल्ने छ भन्ने लाग्छ।
हृदयघात हुदा देखिने प्रमुख लक्षणहरु:
१) छातीको बिचमा, देब्रे भागमा, वा छातीको पुरै भागमा एक्कासी तिब्र गतिमा वा बिस्तारै दुख्दै जानु, भारि भएको (केहि चिजले थिचे जस्तो) अनुभव हुनु, एकदमै असहज महसुस हुनु ( यो कम्तिमा पनि २० मिनेट सम्म भैराख्नु)
२) दुखाई शरीरको अरु भागमा सर्नु (देब्रे काध -हातमा, घाँटी चिउँडो वा छातीको पछाडीतिर)
३) दुखेको बेला एकदमै पसिना (कोल्ड पसिना) आउनु र बेहोस हुनु वा बेहोस हुन लागे जस्तो हुनु
अन्य लक्षणहरु, जुन प्रमुख लक्षणहरु संग संगै देखा पर्न सक्छन् , जुन महिला र बुढा पाका व्यक्तिहरुमा बढी देखिने गर्छ :
– सास फेर्न गाह्रो हुनु, वाक वाक वा बान्ता हुनु, हल्का मात्र दुख्नु ।
– दुखाई पेटको माथिल्लो भाग तिर सर्नु वा पेटको माथिल्लो भाग तिर मात्र दुख्नु (बिचमा , छातीको स्तम्ब को तल तिर )
महिला , बढी मोटो पन भएका, सुगरको बरामी र बुढा पाका व्यक्तिहरुमा प्रमुख लक्षणहरु देखा पर्न नसक्छन, तेस्को अलावा माथि उलेख गरेजस्तै सामान्य अन्य लक्षणहरु मात्र देखिने गर्छन।
तपाईलाई काम गरिरहेको बेलामा, धपेढी भएको बेलामा, खाना खाइरहेको बेलामा, चिसो मौसममा र कहिले काहीँ एकदमै उत्साहित भएको बेलामा, एकदमै रिसाएर अरु माथि जाई लागेको बेलामा, वा रेस्ट गरिरहेको बेलामा माथिका उल्लेख गरिएका लक्षणहरु देखा परेमा हृदयघात भएको हुन सक्ने सम्भावना एकदमै धेरै हुन्छ। हृदयघात विशेष गरेर धमनी रोग लाग्ने प्रमुख कारणहरु भएका व्यक्तिहरुलाई बढी हुने गर्छ । के हुन्छन् त कारणहरु जानी राखौ र त्यसबाट टाढै रहने कोशिस गर्नुहोला।
१) धुम्रपान गर्नु (आजैबाट छोड्नु भयो भने ५ बर्षमा धुम्रपान नगर्ने जस्तै स्वस्थय हुन सक्नु हुन्छ)
२) रगतको चाप बढी हुनु (समयमानै उपचार गन्रु वा कन्ट्रोल मा राख्नु)
३) कोलेस्तेरिन को मात्र बढ्नु (समयमा नै खानामा ध्यान पुराउनु र स्वस्थय खाना खानु)
४) सुगरको बिरामी हुनु (समयमानै उपचार गर्नु वा कन्ट्रोल मा राख्नु)
५) रक्सीको सेवन गर्नु (भरसक नखानु, खानुनै पर्छ भने कहिले काहिँ र थोरै मात्र )
६) मोटोपन हुनु (नियमित रुपमा शारीरिक बायम र स्वस्थय डाइट खानु)
एक्लै भएको बेलामा हृदयघात भएको महशुस भयोभने के गर्ने ?
तपाईं घरमा हुनुहुन्छ भने सेफ ठाउमा बस्नु होस् (लड्दा चोट नलाग्ने ठाँउमा) बाटोमा वा काम मा हुनुहुन्छ भने त्यहाँबाट सेफ ठाउमा बिस्तारै नआतिकन जानु होस् र बस्नु होस् ।
पहिलो – तपाई जति सक्दो चाँडो डाक्टरको सम्पर्कमा आउनु पर्छ , त्यसैले Emergeny Nr. मा फोन गरेर चिकित्सकलाई तुरुन्तै खबर गर्नु र एम्बुलेन्स पठाउन अनुरोध गर्नु, नसके तुरुन्तै साथी गुहार्नु र कल गर्न लगाउनु होस्।
दोस्रो – तपाई Taxi को मदत लिएर नजिकको चिकित्सक , क्लिनिक वा होस्पिटल मा जान सक्नु हुन्छ ।
तेस्रो – तपाईंलाई मेडिसिन को एलर्जी छैन भने चिकित्सक वा स्वस्थीय कर्मिको मदत लिएर लक्षणहरु देखा परेकै ठाउँमा वा हस्पिटल जाँदा जाँदै बाटोमै : Apirin (500 mg 1x) , Heparin 5000 IE and Atorvastatin (40 mg 1x) सेवन गर्न सक्नु हुन्छ । जसले एकासी र तिब्र गतिमा हुने हृदयघात बाट (20-30%) बचाउन मद्दत गर्छ।
हृदयघात भएको बेलामा नगर्न हुने सल्लाह:
१) दुखाई कम हुन्छ कि भनेर पर्खिनु र चिकित्सकबाट टाडा रहनु
२) आफुले केहि गर्न नसक्दा मद्दद नमाग्नु र चुप लगेर बस्नु
३) दुखि रहेको बेलामा – हिड्नु , काम गरि राख्नु, गाडी आफैले कुदाउनु
४) छातीमा प्रेसर दिनु (खोकेर वा लामो सांस लिएर छातीको प्रेसर बढाउनु) – यसो गर्दा झन् गाह्रो हुने र स्ट्रेस को कारणले रगत संचालन प्रक्रियामा असर हुन्न जान्छ। छातीमा प्रेसर बढाउने वा दिने भनेको मुटु बन्द भएर बेहोस भएको बेलामा फेरी मुटुलाई संचालनमा ल्याउन र कहिले काही हृदय रोग बाट बचाउन दिने हो।
हृदयघातको पहिलो उपचार भनेको समय हो , जति सक्दो चाँडो चिकित्सक वा होस्पिटल पुर्याउन सक्यो तेतीनै धेरै हृदयघात बाट बच्न सकिन्छ।
Views: 0