प्रचण्डलाई मोदीलाई जस्तै गरि सम्मान गर्दैछ अमेरिकी सरकार (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

२०७५ चैत्र ६, बुधबार ०७:०६ गते २०७५ चैत्र ६, बुधबार ०७:०६ गते २०७५ चैत्र ६, बुधबार ०७:०६ गते

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछी अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर गरेको छ ।अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ ।अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए ।लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि आफू अमेरिका जान लागेको अमेरिका जानुपूर्व प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बताएका थिए ।

पत्नी सीतामा देखिएको पार्किन्सनको उपचारका लागि आफू अमेरिकाको बालटिमोर स्थित जनहप्किङ अस्पतालमा उपचार गर्न लागेको प्रचण्डको भनाइ थियो । ‘यसअघि सिंगापुरमा पनि उपचार भएको थियो केही हदसम्म यसले सहयोग ग¥यो’ प्रचण्डले भनेका थिए,‘ अमेरिकामा यो सम्बन्धी पछिल्लो अनुसन्धान भइरहेको छ । ’पत्नी सीताले एकपटक अमेरिका लैदिए राम्रो हुन्थ्यो भनेर जीकिर गर्न थालेपछि अमेरिका लाने प्रवन्ध गरिएको प्रचण्डको भनाइ थियो । अमेरिका जानका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले वातावरण बनाएर सहयोग गरेको र नेपालस्थित अमेरिकी राजदूत र अमेरिकास्थित नेपाली राजदूतले यसका लागि सहयोग गरेको प्रचण्डको भनाइ थियो ।

भेनेजुएला प्रकरणपछि नेपालको सम्बन्ध अमेरिकासँग चिसिएको छ । अमेरिकासँगको सम्बन्ध चिसिएका बेला सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका गएपनि उनले राजनीतिक भेटवार्ता गर्नसक्ने छन् । प्रचण्डका अनुसार नै सम्भव भयो भने दुई देशको सम्बन्धका बारेमा अमेरिकी अधिकारीसँग कुरा सक्छ ।अमेरिका जानु अघि प्रचण्डले भनेका थिए,‘परराष्ट्रले औपचारिक चिट्ठी पठाएका कारण अमेरिकाका अधिकारीहरुसँग औपचारिक अनौपचारिक छलफल हुन सक्छ ।’ प्रचण्डले आफू सातादेखि १० दिन भित्रमा स्वदेश फर्कने बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *