काठमाडौं- नेपालमा चाडपर्व आयो कि मदिरामा लठ्ठ हुने योजना धेरैको बन्छ । अझ फागुपूर्णिमा, दशैंतिहारजस्ता पर्वमा त मदिरामै डुब्न खोज्नेहरु पनि धेरै भेटिन्छन् । मदिरा त्यसै पनि हानिकारक पेय नै हो । त्यसमाथि मदिरा आफैंमा प्रदुषित भयो भने के गर्ने ?यस्तै जोखिमयुक्त एउटा मदिराले बजारमा आतंक सिर्जना गरेको छ । गोर्खा बु्रअरीले बजारमा ल्याउने गरेको मल्टिनेसनल टुबोर्ग बियरको जोखिमबाट मदिराप्रेमी यसपटक हच्केका छन् ।
हेटौंडाको बसपार्कस्थित रोशन होटलमा स्थानीय अरुण पन्तले खरिद गरेको टुबोर्गको बोतलभित्र झिँगा र सिँगान जस्तो पदार्थ भेटिएको छ । जौको भनेर कोदोको हो वा केके वस्तुबाट बियर उत्पादन गर्र्ने कम्पनीले उत्पादन गरेको बियरको बोतल भित्र यस्तो फोहोर फेला परेपछि ती उपभोक्ताले त्यो बियरको बिर्को नखोली राखेका छन् । पन्तले अमृतबजारसँग भने, ‘बियर कम्पनीहरुले उपभोक्ता लुट्नुसम्म लुट्छन भन्ने सुनेको थिएँ । त्यस्तो लुटेपछि गुणस्तरमा अलिकति त ध्यान दिनु नी ।’
पन्तसँग भएको बियर सन् २०१७ मा उत्पादन भएको उल्लेख छ । टुबोर्गले आफ्नो उत्पादन गुणस्तरीय हुने, विश्वका कैयन मुलुकमा उत्पादन पनि हुने भनेर प्रचार प्रसार गर्छ । तर नेपाल सानो र गरिब मुलुक भएकै कारण यस्तो लापरबाही कम्पनीले गरेको अनुमान गरिएको छ ।नेपालमा जसले जे गर्दा पनि कानुन नलाग्ने, कदाचित लागि हाले पनि सेटिङमा उम्किन मिल्ने भएकोले मल्टि नेसनल कम्पनीका उत्पादनमा पनि लापरबाही हुँदै आएको छ । नेपालीहरुलाई जुस्तो खुवाए, पियाए पनि फरक नपर्ने सोच धेरैमा छ । यो समाचार अमृतबजार साप्ताहिकमा प्रकाशित छ ।
नेपालको कमजोर प्रशासन संयन्त्रको दूरुपयोग गर्दै पेप्सी र कोकाकोला कम्पनीले मात्रै होइन, अब मान्छेको कलेजो बिगार्ने कम्पनीहरुले अझै गम्भीर लापरबाही गर्न थालेका छन् । बियरमा ठगिएका अरुण पन्तले भने, ‘उपभोक्ताको शरिरसँग खेलवाड गर्ने कम्पनीविरुद्ध उजुरी गर्छु । जनतामारा कम्पनीले छुट पाउनुहुँदैन ।’
Views: 0