अमेरिकाका लागि यूकेका राजदूत भन्छन : ट्रम्प प्रशासन अक्षम र असुरक्षित

२०७६ असार २२, आईतवार ११:५४ गते २०७६ असार २२, आईतवार ११:५४ गते २०७६ असार २२, आईतवार ११:५४ गते

बिबिसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनलाई वाशिङ्टनका लागि यूकेका राजदूतले ‘अक्षम, असुरक्षित र अयोग्य’ भनेका इमेलहरू सार्वजनिक भएका छन्।सर किम डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा ‘बेकामे’ र ‘विभाजित’ भएको बताएका छन्।तर उनले अमेरिकी राष्ट्रपतिलाई बेवास्ता गर्न नहुने पनि लेखेका छन्।यूकेको विदेश मन्त्रालयले आइतवार ‘मेल’ पत्रिकालाई त्यसरी इमेलहरू चुहाइदिने कार्य बदमाशीपूर्ण भनेपनि त्यसको सत्यतालाई इन्कार गरेको छैन।अमेरिकाले अहिलेसम्म इमेलका विषयमा बोलेको छैन तर यसले अमेरिका र यूकेबीचको विशेष सम्बन्धलाई परीक्षण गर्ने बताइएको छ।

इमेलमा सर किमले लेखेका छन्: “हामीलाई विश्वास छैन कि यो प्रशासन बिस्तारै बढी सामान्य; कम बेकामे; कम अप्रत्याशित; कम विभाजित; कम अक्षम हुनेछ।”उनले यो प्रशासन सक्षम हुन‍सक्ने सम्भावनामा शङ्का गरेका छन्।सर किमले ट्रम्प जुनको यूकेको राजकीय भ्रमणपछि खुशी भएको बताए पनि अमेरिका अझै ‘पहिला अमेरिका’कै नीतिमा आफ्नो स्वार्थपूर्तिमा रहेको बताएका छन्।

ती इमेलहरूमा अमेरिका र यूकेबीच ब्रेक्जिटपछि व्यापार सम्बन्ध सुधार गर्ने प्रक्रियामा तीनवटा विषय विवादास्पद हुनसक्ने बताइएको छ:

जलवायु परिवर्तन

प्रेस स्वतन्त्रता र

मृत्युदण्ड

राष्ट्रपति ट्रम्पलाई कुरो बुझाउन आफ्नो कुराहरू साधारण र सीधा तरीकाले राख्नुपर्ने उनको सुझाव छ।

‘विभाजन र अराजकता’

गत महिनाको एक इमेलमा सर किमले अमेरिकाको इरान नीतिलाई ‘बेतुके र अराजक’ भनेका छन्।उनले लेखेका छन् कि ट्रम्पले १५० जनाको ज्यान जाने भएकाले १० मिनेट अगाडि इरानमाथि आक्रमण रोकेको भन्दै सार्वजनिक गरेको कुरोको तुक मिल्दैन।

उनले भनेका छन् राष्ट्रपति ट्रम्प विदेशी द्वन्द्वमा सामेल नहुने आफ्नो निर्वाचन प्रतिबद्धताका कारण इरान आक्रमणको कुरामा कहिल्यै पूर्ण समर्थनमा थिएनन्।सार्वजनिक गरिएका गोप्य इमेलहरू सन् २०१७ देखि हालसम्मका रहेका छन्।सर किमले ह्वाइट हाउसमा विद्यमान विभाजनका विषयमा आएका समाचारहरूलाई विश्वास गरेको देखिन्छ।विदेश मन्त्रालयका एक प्रवक्ताले कूटनीतिज्ञहरूले मन्त्रीहरूलाई आफूले हेरेको देशको राजनीतिका बारेमा स्पष्ट र इमान्दार विचार दिन प्रोत्साहन गरिने बताए।”उनीहरूको विचार मन्त्रीहरू वा सरकारको विचार होइन। हामी राजदूतहरूलाई स्पष्टवादी हुन तलब दिन्छौँ,” उनले भने

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *