तरकारीको विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको हो?-कांग्रेस

२०७६ असार २२, आईतवार ११:५७ गते २०७६ असार २२, आईतवार ११:५७ गते २०७६ असार २२, आईतवार ११:५७ गते

नेपाली कांग्रेसले विषादीयुक्त तरकारी-फलफूल आयातमा परीक्षण गर्न माग गरेको छ।आफ्नै घोषणाविपरीत सरकारले भारतीय तरकारी नाकामा परीक्षण गर्न छाडेको भन्दै कांग्रेसले नागरिकको जीवनमाथि खेलवाड नगर्न आग्रह गरेको छ।प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा तत्कालै कडा परीक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराएका हुन्।

‘विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई बिर्सिएर सरकार आफ्नै घोषणाविपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैरजिम्मेवारी हो,’ शर्माले भनेका छन्, ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ?’

नागरिक जीवनप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने सरकारको जनविरोधी प्रवृत्तिलाई कांग्रेसले गम्भीर रूपमा लिएको शर्माले उल्लेख गरेका छन्।काठमाडौं सहरको प्रदूषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिँड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु दुःखद भएको कांग्रेसको भनाइ छ।सेतोपाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *