एजेन्सी । जारी विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएसँगै कश्मीरमा खुशियाली मनाएको भिडियो बाहिरिएको छ । भारत र पाकिस्तानले आफ्नो भुमि दाबी गर्दै सधैं अशान्त रहने गरेको कश्मीरमा दुबै देश प्रति उत्तिकै घृणा रहेको बताईन्छ ।
तेहरीक ए हुरियतका अध्यक्ष सैयद अली गीलानीको ट्वीटर एकाउन्टबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । त्यसमा युवाहरु खुशीले पटाका पडकाउँदै रमाइलो गरिरहेको देखिन्छ । भिडियोको क्याप्सलमा गीलानीले लेखेका छन्, ‘ भारतले शासन गरेको कश्मीर न्यूजिल्याण्डको विजयको खुशियाली मनाइँदै । ’ भारतको पराजयले क्षुब्ध भएका भारतीयहरुले यो भिडियोलाई नक्कली भनेका छन् भने केहिले कश्मीर त्यसो भए पाकिस्तानसँग गाभिन चाहन्छ त ? भने प्रश्न गरेका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0