काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण देखिएका ७९ प्रतिशत विदेशबाट आएका नागरिक रहेको पाइएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. बासुदेव पाण्डेले काठमाडौं उपत्यकामा कोरोना संक्रमण देखिएका ७९ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको जानकारी दिए ।हालसम्म काठमाडौं उपत्यकामा २६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए । उनले भने,“काठमाडौं भक्तपुर र ललितपुरको ठेगाना राखेका २६७ जनामा कोरोना देखिएको छ । ” उनका अनुसार हालसम्म कोरोना देखिनेमा सबैभन्दा बढी काठमाडौंमा रहेका छन् । जसमा १७५ जनामा कोरोना रहेका छन् । भक्तपुरमा कोरोना संक्रमण ४३ जनामा देखिएको उनले जानकारी दिए । उनले भने, “ललितपुरमा कुल ४९ जनामा कोरोना देखिएको छ ।”बाह्रखरीबाट साभार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0