वासिङ्टन । अमेरिकाले पनि टिकटकलगायतका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने बारे विचार गरिरहेको जनाइएको छ ।अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा यस विषयलाई गम्भीररुपमा लिएको बताएका छन् । उनले भने, “चिनियाँ एप्सप्रति सम्मानका साथ म तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि अमेरिकाले यस विषयमा सोचिरहेको छ ।”टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाउँदै आएका छन् । प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुनसक्ने र यसले राष्ट्रिय सुरक्षामा जोखिम आउने उनीहरुको भनाइ छ ।
वासिङ्टका एक उच्च कूटनीतिज्ञले यदि तपाईंको व्यक्तिगत सूचना चिनियाँ कम्युनिस्ट पार्टीको हातमा जाओस् भन्ने चाहनु हुन्छ भने मात्रै चिनियाँ एप डाउनलोड गर्न सक्ने बताएका छन् ।पोम्पिओको अभिव्यक्तिपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “टिकटकको सीईओ अमेरिकन हुनुहुन्छ र अन्य थुप्रै सुरक्षा, उत्पादन, पब्लिक पोलिसीलगायतका क्षेत्रमा सयौं अमेरिकीहरु मुख्य भूमिकामा हुनुहुन्छ । हाम्रो प्रयोगकर्ताको सुरक्षा नै हाम्रो उच्च प्राथमिकतामा छ । हामीले चीन सरकारलाई टिकटकको डाटा कुनै पनि हालतमा उपलब्ध गराउँदैनौं ।”गत साता भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्लिकेसनमा प्रतिबन्ध लगाएको थियो । सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतले प्रतिबन्ध लगाएको हो । पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा पनि कोरोना भाइरसको संक्रमणका कारण दरार पैदा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको निष्पक्ष छानबिनको माग गर्दै संक्रमण फैलाउन चीन सहयोगी भएको आरोप लगाइरहेका छन् ।सीयनयन बाट
Views: 0