प्रसाद २’ मा कलाकार उही निर्देशक फरक

२०७७ फाल्गुन १०, सोमबार १५:१३ गते २०७७ फाल्गुन १०, सोमबार १५:१३ गते २०७७ फाल्गुन १०, सोमबार १५:१३ गते

फागुन १०,काठमाडौँ । चलचित्र ‘प्रसाद २’ बन्ने चर्चा चलेको लामो समय भयो । यसअघि प्रसाद दिनेश राउतद्वारा निर्देशित भएपनि यो अब आउन लागेको प्रसाद २ भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।राउत भने चलचित्र ‘प्रकाश’ मा काम गरिरहेका छन् । यसैबीच ‘प्रसाद २’  मा निश्चल बस्नेत अनुबन्धित भइसकेका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठलाई पहिले नै अनुबन्धित गरिएको थियो । राउतले निर्देशन गरेको चलचित्रमा समेत विपिन, नम्रता र निश्चलको अभिनय रहेको थियो । निःसन्तान दम्पतिको कथामा निर्माण भएको ‘प्रसाद’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको थियो । ‘प्रसाद २’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने पक्का भएको छ ।चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । चलचित्र चैत्रको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed