सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाव दिँदैन : पोखरेल

२०७७ फाल्गुन १०, सोमबार १५:२० गते २०७७ फाल्गुन १०, सोमबार १५:२० गते २०७७ फाल्गुन १०, सोमबार १५:२० गते
Nepal's Deputy Prime Minister and Minister of Defence Ishwor Pokhrel (L) welcomes Indian Prime Minister Narendra Modi (R) on his arrival at Tribhuvan International Airport to attend the 4th Summit of the Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) in Kathmandu on August 30, 2018. (Photo by PRAKASH MATHEMA / AFP) (Photo credit should read PRAKASH MATHEMA/AFP via Getty Images)

१० फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको उनको भनाइ थियो ।

उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।अर्को एक प्रसंगमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे । सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाव नदिने प्रष्ट पार्दै उनले भने, ‘सरकारले कुनै दबाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *