आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा

२०७७ चैत्र ३०, सोमबार १५:३३ गते २०७७ चैत्र ३०, सोमबार १५:३३ गते २०७७ चैत्र ३०, सोमबार १५:३३ गते

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको छ । रेस्टुरेन्टको आज ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल अध्यक्ष सुरेश चन्द्र बस्नेत संचालक आभाष गुरूङ,भत्त बहादुर गुरूङ,समाजसेवी मेघ नाथ तामाङ,वुक्षालय रिसोर्ट एण्ड कालिज फार्मको सिईयो सन्तोष कुवर न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट लगाएको उपस्थितिमा केक काटेर शुभारम्भ गरियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध गेटमा सगै सुरु गरिएको सो रेष्टुरेन्टमा नास्ता तथा खाजाका विभिन्न स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास निरन्तरता दिदै कुलिनरी अर्थात पाककलामा दशकदेखि विभिन्न देशमा खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरेर देश बिदेशमा चर्चा कमाउन सफल एक्जुकेटिभ सेफ समेत रहेका संचालक भत्त बहादुर गुरूङले बताउनुभयो । हामीले रेस्टुरेन्टमा स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका मास्क प्रयोग गर्न,सामाजिक दूरी कायम गरी साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न व्यवस्था गरिएको छ। परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै समयानुसारको प्राविधिक सेवा अर्थात अनलाईन अर्डर र होम डेलीभरीको व्यवस्था, स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट व्यवस्था र हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको उहाँले जानकारी दिनुभयो ।

ग्राहकको सेवासुविधालाई मध्यनजर गर्दै पाहुनाको इच्छा अनुसारको खानाको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । आत्मनिर्भरताको खाँचो र अरु विदेशिने युवालाई केही संदेश मिलोस भनेर रिनधन गरेर रेस्टुरेन्ट व्यवसायमा हात हालेको पनि संचालक गुरूङको भनाई छ । नेपाल जस्तो विकासोन्मुख देशमा अहिलेको समयमा होटल लाईनमा भरपुर सम्भावना छ’ उहाँले भन्नुभयो‘तर यसका लागि पनि सहि ठाउँको पहिचान गर्न सक्नुपर्छ र समय रहँदै विवेकका साथ अगाडि बढेपछि सफल अवस्य भईन्छ । यस कामबाट सफलता हाँसिल भए छिटैनै अन्य पर्यटन क्षेत्रमा प्राथामिकता साथ के गर्ने सोँच रहेको सँचालक गुरूङको भनाई छ ।साथै मेहनत र परिश्रम गरे सानो लगानीमा स्वदेशमै पनि राम्रा अवसरहरु रहेको रोजगारका लागि विदेशिने युवालाई उहाँको सुझाव छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *