रहेनन् भारतीय अभिनेता दिलीप कुमार, यसरि भयो दुखद निधन

२०७८ असार २३, बुधबार १०:४२ गते २०७८ असार २३, बुधबार १०:४२ गते २०७८ असार २३, बुधबार १०:४२ गते

काठमाडौं– प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।

सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। कुमारले सन् १९९४मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए। उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो।

आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए। कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन्।

”दिलीप कुमार भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए। उनीभन्दा प्रख्यात अभिनेता अरू पनि छन् तर उनी भन्दा कुशल अभिनेता भने छैनन्। उनी आफ्नो समयका सबैभन्दा अब्बल ‘ट्रयाजिक’ अभिनेता थिए तर हास्य विधामा पनि सफल भए,” उनले भने। मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास र मुग़ल ए आज़म जस्ता सफल चलचित्रबाट उनले थुप्रै प्रशंसक कमाएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *