भ्वाइसको सुटिगंमा के भयो यस्तो ?

२०७८ असार २३, बुधबार १०:४९ गते २०७८ असार २३, बुधबार १०:४९ गते २०७८ असार २३, बुधबार १०:४९ गते

भ्वाइसको सुटिगंमा के भयो यस्तो ? एक्कासी यि प्रतिस्पर्धीले आँफुलाई अन्याए भएको भन्दै होहल्ला गरेपछि भयो बबाल, सुटिगं स्थलमा माहोल धान्ने नसकिने भएपछि झण्डै प्रहरी बोलाउनु परेको

भ्वाइसको सुटिगंमा के भयो यस्तो ? एक्कासी यि प्रतिस्पर्धीले आँफुलाई अन्याए भएको भन्दै होहल्ला गरेपछि भयो बबाल, सुटिगं स्थलमा माहोल धान्ने नसकिने भएपछि प्रहरी बोलाइयो

करिव डेढ महिना अघि ‘त्यो पर्दैन’ भन्ने थेगो निकै लोकप्रिय भएको थियो। गत बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दा समेत प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेपछि उक्त शब्द सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत भाइरल बनेको थियो।

प्रधानमन्त्रीले त्यतिबेला भनेको उक्त शब्द अहिले पनि लगानीकर्ता बीच चर्चाको शिखरमा पुगेको छ। आइपीओ निष्काशन गरेका लघुवित्तको शेयर १० कित्ता पनि नपर्ने स्थिति देखिएपछि लगानीकर्ताले ‘त्यो पर्दैन’ भन्न थालेका छन्। शेयर नपर्ने निश्चित जस्तै हुन थालेपछि लगानीकर्ताहरु आइपीओमा आवेदन राख्नु पर्दैन भन्न थालेका हुन्।

लघुवित्त कम्पनीहरुले थोरै कित्ता निष्काशन गर्ने तर उक्त शेयर प्राप्त गर्नका लागि लाखौंले आवेदन राख्न थालेपछि लगानीकर्ताले ‘त्यो कम्पनीको आइपीओ भर्न पर्दैन’ भन्न थालेका हुन्। पछिल्लो समय आइपीओ निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्तको आइपीमा करिव २० लाख ४० हजारले आवेदन दिएका छन्। उक्त लघुवित्तले ३ लाख ८९ हजार कित्ता शेयर सर्वसाधारणलाई १७ गतेदेखि २१ गतेसम्म निष्काशन गरेको थियो।

मनकामना स्मार्ट लघुवित्तको १० कित्ता शेयर एकदमै कमले पाउने सम्भावना देखिएपछि लगानीकर्ताले ‘त्यो लघुवित्तको शेयर पर्दैन’ भन्न थालेका हुन्। यसैगरी, यसअघि आइपीओ शेयर निष्काशन गरेको जीवन लघुवित्तको शेयर पनि ज्यादै कमले मात्र पाउने देखिएको छ।

यस्तै हो भने बिहीबारदेखि आइपीओ निष्काशन गर्न लागेको युनियन लाइफ इन्स्यारेन्सको शेयर पनि कमैले पाउने अनुमान गर्न थालिएको छ। पछिल्लो समय १० कित्ता पनि हात नलाग्ने भएपछि प्रधानमन्त्रीले जस्तै लगानीकर्ताले पनि ‘त्यो पर्दैन’ भन्न थालेका छन्।

यद्यपी, लघुवित्तको भन्दा युनियन लाइफको धेरै कित्ता शेयर बजारमा आउँदैछ। युनियन लाइफले ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्दैछ। त्यतिधेरै कित्ता बजारमा आउँदा पनि लगानीकर्ताले १० कित्ता पनि पाउने हुन कि होइनन् भन्ने शंका उत्पन्न भएको छ।

आइपीओ भर्दा मनग्य आम्दानी हुने भएपछि आम नागरिकहरु आइपीओ भर्न तिर लागेका कारण १० कित्ता पनि हात नलाग्ने अवस्था आएको हो। खासगरी, नेपाल पुर्नबीमा कम्पनीको आइपीओ भरेका लगानीकर्ताले डेढ वर्षको अवधिमा नै एक कित्तामा नै करिव १६ सय रुपैयाँ नाफा कमाएपछि आइपीओ भर्नेको बाढी नै लाग्न पुगेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *