अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ २३, सोमबार १४:३४ गते २०७९ जेष्ठ २३, सोमबार १४:३४ गते २०७९ जेष्ठ २३, सोमबार १४:३४ गते

काठमाडौं,२३ जेठ – कञ्चनपुर, बेलौरी नगरपालिका-१० शिवनगर बस्ने ३८वर्षीय बलराम चौधरीलाई करिब १२ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतको सिमाना हुदै नेपालतर्फ शंकास्पद रूपमा आउँदै गरेक उनलाई लाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-९ स्थितबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-९ बस्ने १८ वर्षीया किशोरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देखनासाथ बोकेको ढाकी खेतमा घोप्टयाई सो ठाउँबाट भागकी उनलाई सोही नगरपालिका-बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनले फालेको ढाकी सी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका-८ महेश्वरी खेल मैदान नजिक मोटर ग्यारेजमा पार्किङ गरी राखेको बा.४ ख ९३१४ नम्बरको टिपबाट करिब ९ सय ७० ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित टिपर चालक भक्तपुर नगरपालिका-४ नासमना बस्ने २८ वर्षीय बीरेन्द्र राजभण्डारी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टिपरमा लागूऔषध लुकाई राखेको भन्ने चनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले टिपतलासी गर्दा टिपरको ड्यास बोर्डमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी भक्तपुर, र्यबिनायक नगरपालिका-८ जगातीबाट करिब ५ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाडौं महानगरपालिका-१६ कपुरधारा बस्ने ३४वर्षीय असगर ऋषिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सागाबाट भक्तपुरतर्फ आउदै गरेको बाग्मती प्रदेश०२-०२९ प ६३१३ नम्बरको स्कुटलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुट चालक ऋषिलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-९ बङराकटानबाट करिब ५ ग्राम  ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित भारत पलिया खिरि बस्ने २३ वर्षीयमंगल सिह रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी का्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-डेरागर बस्ने सोही उपमहानगरपालिका-२ घर भएका १८ वर्षीयकिशोरको कोठबाट ४ जनालाई करिब १० ग्राम अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरको कोठामा लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्रप्त हुनासाथ जिल्ला प्हरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-बस्ने १८ वर्षीया किशोरी समेत उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *