मोबाइल लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

२०७९ जेष्ठ २३, सोमबार २१:२० गते २०७९ जेष्ठ २३, सोमबार २१:२० गते २०७९ जेष्ठ २३, सोमबार २१:२० गते

काठमाडौं, २३ जेठ – काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर चोकस्थित श्रीनगर फेन्सी कपडा पसल सोही ठाउँबाट एक महिलाको साथबाट मोबाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महाबौद्ध बस्ने नुवाकोट मेगाङ गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय बिक्की अर्याल र काठमाडौं बागबजार बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ ठेगाना भएका २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।

उक्त स्थानबाट शुक्रबार दिउँसो मोबाइल लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टिएको प्रहरीले काठमाडौं याँबानेश्वर चोकबाट शंखमुलतर्फ जाने बाटोमा मोवाल लुटपाट गर्ने बिक्की अर्याल तथा लुटपाट गरी ल्याएका मोबाइल छन् भनी जानी जानी मोबाखरिद गर्ने रामलाई लुटपाट गरेका ९ थान मोबासहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *