काठमाडौं, २३ जेठ – बैतडी, दशरथचन्द नगरपालिका-२ सौडाली बस्ने ३४वर्षीय प्रेम सिंह रावत सोही नगरपालिका-१ ईडा खोला नजिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जेठ १७ गतेदेखि घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-५ सितलपुर मड्यारीबस्ने २१ वर्षीय पुरन चौधरी सोही ठाउँस्थित शान्ति सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट खाना खाएर काम गर्न जान्छु भनेर गएका उनको उक्त स्थानमा शव फेला परेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ जमौरास्थित पोखरीमा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण पासि सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, दक्षिणकाली नगरपालिका-९ स्थित पुरानो दक्षिणकाली वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३वर्षीय १ जना पुरुष र १ जना महिला गरी दुई जना सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0