नयाँ वर्षकै दिन दियो उत्तर कोरियाले अमेरिकालाई चेतावनी

२०७५ पुष १७, मंगलवार १८:५० गते २०७५ पुष १७, मंगलवार १८:५० गते २०७५ पुष १७, मंगलवार १८:५० गते

बीबीसी । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षकै दिन अमेरिकालाई चेतावनी दिएका छन् । उनले परमाणु हतियार नष्ट गर्ने विषयमा आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै यदि अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध कायम राखेका खण्डमा आफ्नो प्रतिबद्धतामा फेरबदल आउन सक्ने बताएका हुन् । किमले नयाँ वर्ष २०१९ को उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

मङ्गलबार बिहान सरकारी च्यानलमार्फत् किमले गरेको सम्बोधनमा भनिएको छ, ‘अमेरिकाले यदि सारा दुनियाँका सामु गरेको बाचा पूरा गर्दैन र हाम्रो गणराज्यमाथि दबाब तथा प्रतिबन्ध लगाइरहन्छ भने हामीले आफ्नो हितका साथै सम्प्रभुता सुरक्षित गर्नका लागि नयाँ मार्ग चयन गर्नुपर्ने हुन्छ ।’ किमले आफू कुनै पनि समय ट्रम्पसँग भेट्न तयार रहेको पनि बताए । उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल हतियार कार्यक्रमका कारण संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थुप्रै प्रकारका प्रतिबन्ध लगाउँदै आएको छ ।

गत वर्ष नेता किमले गरेको सम्बोधनपश्चात् अमेरिका तथा दक्षिण कोरियासँगको सम्बन्धमा सुधार आएको थियो । कतिपयले उनको यस्तो कदमलाई अभूतपूर्व बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र किमबीच जुन २०१८ मा भएको भेटमा परमाणु हतियार नष्ट गर्ने विषयमा छलफल गरेका थिए ।

यसको सामान्य परिणाम बाहिर देखापरे पनि उल्लेखनीय असर अझै नदेखिएको अवस्था छ । २०१७ मा उत्तर कोरियाले गरेको परमाणु मिसाइल परीक्षणपछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसबखत नै उत्तर कोरियाले आफ्नो परमाणु अमेरिकासम्म पुग्न सक्ने दाबी गरेको थियो । उत्तर कोरियाको दाबीले दुई देशबीच युद्ध हुन सक्ने आकलन सर्वत्र गरिएको थियो । तर दुई देशबीच पुनः संवाद आरम्भ भएपछि युद्धको त्रास टरेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *