चिसियो नेपाल-अमेरिका सम्बन्ध

२०७५ माघ १९, शनिबार ०८:३१ गते २०७५ माघ १९, शनिबार ०८:३१ गते २०७५ माघ १९, शनिबार ०८:३१ गते

काठमाडौं – भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ ।

अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् ।

अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकारको धारण एउटै भए नभएको बारेमा डिसी र काठमाडौं, दुवै ठाउँमा जानकारी लिइएको काठमाडौंस्थित अमेरिकी दूतावासका एक प्रवक्ताले जानकारी दिएका छन् । यो समाचार आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *