दाङ, फागुन १९ ।
साहित्य, कला र संगीतको क्षेत्रमा ४ वर्ष देखि काम गर्दै आएको उदाहरण समुह नेपालले घोराहीमा केहि गीत केहि गजलहरु कार्यक्रम गरेको छ । नेपाली साहित्यको विधा गीत र गजललाई जोडेर उदाहरण समुह नेपालले घोराहीमा युवाहरु संग कार्यक्रम गरेको हो ।
रुकुमका उदीयमान लेखक भुपाल रावतको पहिलो गीत गजल संग्रह सम्झनाका पलहरुको विमोचन तथा कमल केसीको लोकगीत परदेशीको पीडाको म्युजिक भिडियोको समिक्षा कार्यक्रम गरीएको हो । उदाहरण समुह नेपालका सदस्य धिरज घर्ति मगरले गीत गजल संग्रहका दुई वटा गीतलाई संगीत गरेर कार्यक्रममा गाउनु भएको थियो । हरेक कार्यक्रममा रचनात्मक बनाउँदै आएको उदाहरण समुहले पुस्तक विमोचन कार्यक्रममा पुस्तकमा समाबेश भएको एउटा गीत र एउटा गजललाई संगीत भरेर प्रस्तुत गरिएको थियो ।
पुस्तकको नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, साहित्यकार आदिम केसी, गजल अभियान दाङका अध्यक्ष प्रवल विष्ठ र निर्देशक अमृतमान वलीले विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले गीत र गजल विधाको किताब प्रकाशन गर्नु अगाडी विधाको बारेमा जानकारी लिन आबस्यक रहेको बताएका थिए । पुस्तकको समिक्षा साहित्यकार आदिम केसी र गजल अभियान दाङका अध्यक्ष एब गीतकार प्रबल विष्ठले गर्नुभएको थियो ।
यस्तै कमल केसीको परदेशीको पीडा बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियोको समिक्षा पनि गरीएको थियो । उदियमान मोडल रोशन घर्ति र आर्जु केसीले अभिनय गर्नु भएको म्युजिक भिडियोको समिक्षा निर्देशक अमृतमान वलीले गर्नुभएको थियो । साथै कार्यक्रममा मोडल आर्जु केसीले नृत्य पनि प्रस्तुत गर्नुभएको थियो भने प्रिती स्वर्णकारले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रमको सहजीकरण उदाहरण समुह र कार्यक्रमको बारेमा उदाहरण समुहका सदस्य सविना भुषालले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण करण उदाहरण समुहका सदस्यहरु नवीन शर्मा र प्रिती प्रतिक्षाले गर्नुभएको थियो ।
Views: 0