फागुन १९, दाङ ।
दाङमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ ।
राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी ३५ बर्षीया सुशीला कवरमाथि शुक्रवार राति कुटपिट भएको हो ।
उनले ईलाका प्रहरी कार्यालय गढुवामा दिएको उजुरीमा ७ जना व्यक्तिले आफुलाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको उल्लेख छ ।
ईप्रका गढुवा मुद्दा शाखाक प्रहरी नायव निरीक्षक मिनबहादुर शाहीले पिडित महिलाको घाउकेस फाराम र उपचारको लागि लमही अस्पतालमा पठाइएको बताए ।
सुशीलाले दिएको निवेदनमा राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर, लक्ष्मी कवर, हर्कबहादुर कवर, मनोज कवर, ईन्द्रबहादुर भण्डारी लगाएतले बोक्सीको आरोपमा कुटपिट गरेको भन्ने उल्लेख छ ।
धनबहादुर कवरकी बुहारी ईन्द्रा कवर बिरामी भएको र झारफुक गर्दा बोक्सी लागेको बताएपछि आफूमाथि कुटपिट भएको अस्पतालमा उपचारत पीडित महिलाले बताएकी छिन् ।
Views: 0