काठमाडौँ । सामाजिक सञ्जालमा नायक राजेश हमालको बारेमा बनेका ट्रोलहरु भाइरल हुँदै । आखिर नायक राजेश हमाल आफ्नो बारेमा बनेका विभिन्न ट्रोलहरुलाई लिएर के भन्छन् ? आजको यस भिडियोमा हामी यसै विषयमा केन्द्रित रहेर विशेष कुराकानी गर्नेछौँ ।
नेपाली सिनेमा इन्डष्ट्रिमा यदि कोही नायक जसको सिनेमा हलमा चलोस् वा नचलोस् तर पनि उनको क्रेज सधैँ नै उस्तो रहन्छ भने ती हुन् नायक राजेश हमाल ।
नायक राजेश हमाल जसले नेपाली फिल्म इन्डष्ट्रिमा “युग देखि युगसम्म” बाट प्रवेश गरेका थिए र करिब तीनसय भन्दा बढी सिनेमामा अभिनय गर्दा उनी नेपाली दर्शकहरू माझ मात्र होइन नेपाली राजनीति त्यस्तै विदेशका विभिन्न कूटनैतिक नियोगदेखि लिएर थुप्रै ठाउँमा प्रख्यात भए ।
नायक राजेश हमालको क्रेज यति लोभलाग्दो छ कि नायक राजेश हमालले सिनेमा गरुन् या नगरून् तर उनको क्रेज उस्तै छ । उनीसँग एक तस्वीर खिचाउन र एक झलक हेर्नेको र उनको त्यो स्टारडम कुनै पनि अरु नायकले बनाउन सकेका छैनन् । त्यसैले होला जति पनि नायक राजेश हमाललाई लिएर ट्रोलहरु, जोक्सहरु, रमाइला कुराहरू बन्छन् जसले राजेश हमाल आफै अचम्मित हुने गर्छन् ।
थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस् :
Views: 0