दाङमा पहिलो पटक आधारभूत क्रिकेट अम्पायर, स्कोरर तालिम सम्पन्न

२०७४ फाल्गुन २४, बिहीबार ११:१५ गते २०७४ फाल्गुन २४, बिहीबार ११:१५ गते २०७४ फाल्गुन २४, बिहीबार ११:१५ गते

 फाल्गुन २४ दाङ

दाङ क्रिकेट संघको आयोजनामा दाङमा पहिलो पटक आधारभूत क्रिकेट अम्पायर, स्कोरर तालिम सम्पन्न भएको छ। फागुनको २४ गते घोराहीमा एक कार्यक्रम गरि तालीम समापन गरिएको छ। दाङ क्रीकेट संघका जिल्ला अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता र पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो।

तालिमका सम्पुर्ण सहभागीहरु लाई प्रमाण पत्र प्रदान गरिएको थियो। तालिममा दाङ जिल्लाका घोराही लमहि, तुलसीपुर लगायत स्थानका २० जना पुर्ब खेलाडी र प्राबिधिकहरुको सहभागिता रहेको थियो । दाङ जिल्लामा क्रीकेटको बिकास संगै ठुला प्रतियोगिताहरु निरन्तर हुनलगेका तथा क्रीकेटको दिगो बिकासको लागि जिल्लामानै थप प्राबिधिक उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनु भयो।

तालीममा सहभागी हुने उत्कृष्ट ५ जना लाई दाङमा हुने प्रतियोगितामा अम्पायरिङ र स्कोरर गर्ने अबसर तथा भविष्यमा हुनलागेको लेबल 0 र लेबल १ को लागि सिफारिस गरिने छ । सहभागीहरु लाई ८ दिन जेसिज कपमा क्रिकेट प्रतियोगितामा अम्पायर, स्कोरर गर्ने प्रयोगात्मक कक्षाहरु संचालान गरिने संघले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *