भालुवाङमा मुक्तकमैयाको पत्रकार सम्मेलन

२०७४ चैत्र १, बिहीबार १४:११ गते २०७४ चैत्र १, बिहीबार १४:११ गते २०७४ चैत्र १, बिहीबार १४:११ गते
?

ओमप्रकाश गुप्ता 
देउखुरी १ चैत । मुक्त कमैया समाज दाङले आफनो चौथो अधिवेशन सम्पन्न गरी आगामी एजेन्डा सार्वजनिक गर्न विहिवार भालुवाङमा पत्रकार सम्मेलन गरेको छ । समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता तथा केन्द्रिय सदस्य टेकबहादुर रावतको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा गत फागुन ३० गते सम्पन्न अधिवेशनवाट चयन भएको ११ सदस्यीय कार्यसमितिको प्रथम बैठकले निर्णय गरेका एजेन्डा सार्वजनिक गरिएको छ । भुमिहिन, छुट कमैया, सुकुम्वासी, पिछडिएको वर्गको लगत लिनका लागि स्थानीय निकायमा माग गर्ने, प्रत्येक तहमा व्यवस्थित बसोबास आयोग गठन तथा समाबेसी आधारमा प्रतिनिधित्व सुनिश्चितता गराउन माग गर्ने, मुक्त कमैया छात्र छात्राहरुको लागि संबैधानिक व्यवस्था अनुसार अरु सरह उच्च तह सम्मको गुणस्तरीय तथा अनिवार्य शिक्षाका लागि पहल गर्ने निर्णय गरेको समाजका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । दाङ जिल्लामा १ हजार ४ सय २६ परिचय पत्र प्राप्त मुक्त कमैया रहेकोमा ७ सय ५ लालपुर्जा सहितका जग्गा भएका र १० जना लालपुर्जा भएका तर जग्गा नभएका मुक्त कमैया रहेको समेत जानकारी गरिएको थियो । सम्मेलनमा रेडियो तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर तिर्थराज ज्ञवाली,समाचार प्रमुख अाेमप्रकाश गुप्ता, देउखुरी टुडेका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती समाचारका विदुर एमसी, राप्ती पोष्टका जमिर शाहा लगायतका पत्रकारहरुले जिज्ञासा राखेका थिए । समाजका जिल्ला कोषाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समाजका सचिव लोकमाया चौधरीले गरेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *