लालीगुराँस टेम्पो यातायात प्रालीको सिसहनियाँ शाखा उद्घाटन

२०७४ चैत्र २, शुक्रबार १३:५८ गते २०७४ चैत्र २, शुक्रबार १३:५८ गते २०७४ चैत्र २, शुक्रबार १३:५८ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २ चैत । टेम्पो यातायात प्रालीका मजदुरहरुले आफुहरु अहिले पनि लाइसेन्सबाट बञ्चित हुनु परेको बताएका छन् । लालीगुराँस टेम्पो यातायात प्रालीको शुक्रवार  सिसहनियाँमा पाँचौ शाखाको उद्घाटन कार्यक्रममा बोल्ने मजदुरहरुले सो कुरा बताएका हुन् । साथै उनीहरुले राप्ती अञ्चलमै टेम्पो यातायात प्रालीका मजदुरहरुले लाइसेन्स नपाउदा निकै दुख पाउनु परेको गुनासो समेत गरेका छन् । यसै बिच रुटपरमिटमा समेत समस्या रहेको बताउका थिए । प्रालीका केन्द्रिय अध्यक्ष लुमबहादुर रावत(किसन)को अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको शाखा उद्घाटन कार्यक्रममा प्रहरी चौकी सिसहनियाँका प्रहरी हवल्दार मदनबहादुर एमसी, प्रालीका गढवा शाखा अध्यक्ष जगदिश थापा, लमही शाखा अध्यक्ष दोर्ण तिमिल्सीना, भालुवाङ शाखा अध्यक्ष पदम सुवेदी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सिसहनियाँ शाखाका अध्यक्ष योगकुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रालीका केन्द्रिय सचिव तिलक विकले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *