थाहा पाउनुहोस् जाडोमा खजुर खानुका फाइदै फाइदा

२०७५ माघ १९, शनिबार ०८:५३ गते २०७५ माघ १९, शनिबार ०८:५३ गते २०७५ माघ १९, शनिबार ०८:५३ गते

काठमाडौं । खजुर गर्मीमा हुने फल हो । यो फल खाडी मुलुक साउदी अरब, कतार दुबई जस्ता देशमा अत्याधिक रुपमा पाइन्छ । जाडोको मौसममा खजुर खानुमा केही फाइदा छ । खजुरमा पोषक तत्वको भण्डार हुन्छ । खजुरमा आइरन, मिनरल, क्याल्सियम, अमिनो एसिड, फस्फोरस र भिटामिन प्रचुरमात्रामा हुन्छ । एक खजुरबाट २३ क्यालोरी शक्ति पाइन्छ ।

हेर्नुहोस खजुर खानुका ५ फाइदा :

१. खजुरमा रहेको साल्टले हड्डीलाई बलियो काम गर्दछ । यसमा क्याल्सियम, सेलेनियम, म्याग्निज र कपरको मात्रा पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।

२. खजुरको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा ग्लुकोज र फ्रुक्टोजको मात्रा धेरै हुन्छ ।

३. अनुहारको त्वचाका लागि पनि खजुर फाइदाजनक छ । खजुर खानाले अनुहारमा सुन्दरता र निखारता ल्याउँछ ।

४. यदि तपाईको शरीरको तौल कम छ भने खजुर खानु फाइदाजनक हुन्छ । यसमा सुगर, भिटामिन र शरीरलाई आवश्यक प्रोटिन हुन्छ र शरीरको तौल बढाउन सहयोग गर्छ । यदि तपाई धेरै पातलो हुनुहुन्छ भने दिनमा ४ देखि ५ वटा खजुर खान सुरु गर्नुहोस ।

५. खजुरमा पर्याप्त मात्रामा ग्लुकोज, फ्रक्टोज र सुक्रोज पाइन्छ । यसकारण तत्काल शक्ति प्राप्त गर्नका लागि यसको सेवन फाइदाजनक हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *