Or

करीना कपूरलाई सौतेनी आमाको रुपमा पाएपछि साराले दिइन् यस्तो प्रतिक्रिया

२०७५ माघ २२, मंगलवार १६:४२ गते २०७५ माघ २२, मंगलवार १६:४२ गते २०७५ माघ २२, मंगलवार १६:४२ गते

एजेन्सी – बलिउडमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी अभिनेत्री साला अली खानले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

गत वर्ष उनले अभिनय गरेको फिल्म ‘केदारनाथ’ यो वर्ष रिलीज भएपछि बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो भने लगत्तै उनको अर्को फिल्म ‘सिम्बा’ ले पनि राम्रै व्यापार गर्न सफल भयो ।

डेब्यु फिल्ममा नै उनले गरेको अभिनयले धेरैलाई आर्कषित गर्न सफल पनि भयो । सुन्दर अभिनेत्रीको रुपमा पनि उनलाई धेरैले मन पराउँन थालेका छन् ।

उनी अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा बच्चाबेला देखिनै हालकी सौतेनी आमा करीना कपूरकी फ्यान थिइन् । करिना कपूरको फिल्म ‘कभी खुशी कभी गम’ बाट करिनाकी फ्यान बनेकी सारा सधैँ करिनाको नजिक हुन चाहेको बताएकी छिन् । उनले एक अन्तर्वार्तामा आफूलाई सानै उमेरदेखि नै करिना कपूर मन पर्ने बताएकी छिन् । अन्तर्वार्तामा उनलाई अहिले करिना कपूर सौतेनी आमा हुँदा उनलाई कस्तो आभाष हुन्छ भन्ने पत्रकारको जवाफमा उनले भनिन्,‘मानिसहरु भन्छन् नि मानिसले चाहेको र सानैदेखि प्रार्थना गरेको कुरा पुरा हुन्छ, त्यसैले यस्तो भएको हुनसक्छ । सबैलाई थाहा छ, म करिना कपूरको एकदमै ठूलो प्रशंसक थिएँ ।’

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or