यो हो बाघको सिकार गर्ने कुकुर, जुन कुकुरको बारेमा सुन्दै आङ जिरिङ्ग गर्छ

२०७५ माघ २२, मंगलवार १८:४९ गते २०७५ माघ २२, मंगलवार १८:४९ गते २०७५ माघ २२, मंगलवार १८:४९ गते

भारतको महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले आतंक मच्चाइरहेको थियो । उक्त बाघलाई नियन्त्रणमा लिने सबै प्रयास असफल भएपछि प्रशासनले बाघ मार्नका लागि दुईवटा कुकुर परिचालन गरेको छ ।

चोर पक्रिन कुकुरको सहयोग लिएको त थाहा थियो । तर बाघ मार्नका लागि कुकुर परिचालन गरिएको सायद अहिलेसम्म सुन्नुभएको थिएन होला । कुकुरको बाघको सिकार गरेको त देखे सुनिएकै थियो । तर भारतमा बाघको सिकार गर्ने कुकुर जंगलमा छाडिएको छ ।

हो, केन कोरसो प्रजातिको एक विशेष प्रजातिको कुकुर बाघ नियन्त्रणका लागि परिचालन गरिएको छ । हैदरावादका सार्प सूटर नवाब शफत अली खानले आफ्नो घरमा पालेका खतरनाक कुकुर हुन् यी ।

अधिकारीहरुका अनुसार पर्याप्त छलफलपछि अन्ततः बाघ मार्नका लागि यी कुकुरलाई मैदानमा उतारिएको हो । यी कुकुरको परिचालनमा वन अधिकारी तथा कुकुर मालिकका छोरासमेत खटिएका छन् ।

बाघको सिकार गर्ने यो खतरनाक कुकुर कहाँबाट आयो ? वास्तवमा यो इटालियन प्रजातिको कुकर हो । यसलार्इ इटालियन मास्टिफ पनि भनिन्छ । इटालीमा यो प्रजातिको कुकुरलाई कैयन् वर्षयता गार्ड डगको रुपमा प्रयोग गर्ने गरिएको छ ।

अमेरिकी केनल क्लबका अनुसार यो कुकुरको जिउ २५ देखि २८ इन्च सम्मको हुन्छ । यसको आयू ९ देखि १२ वर्षसम्मको हुन्छ भने वजन ४५ देखि ५० किलोसम्म ।

यो कुकुर स्मार्ट, तालीम दिन सकिने, जुझारु तथा आत्मविश्वासले भरिएको आक्रामक हुन्छ । यसको टाउको निकै भयानक देखिन्छ । विश्वका धेरै देशमा पुलिसले यो कुकुरलाई अपराधी समात्न समेत प्रयोग गर्ने ग्रेको छ ।

बीबीसी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *