चलचित्र ‘ए मेरो हजुर ३’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायक अनमोल केसी र नव नायिका सुहाना थापा लाई देखाईयको छ ।


चलचित्रमा अनमोल र सुहानाको मुख्य भूमिका रहनेछ । सुहानाको यो डेब्यु फिल्म हो । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । सुनिल कुमार थापाको निमार्ण र अभिनेत्री झरना थापाको निर्देशन रहने चलचित्र म्युजिकल लभ स्टोरीमा आधारित बन्ने छ ।

चैत २९ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ ।

रोशन श्रेष्ठले द्वन्द्व, सञ्जय लामाको छायांकन रहने चलचित्रको छायांकन असोज २६ गते शुक्रबार देखि सुरु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *