ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली
भालुवाङ २२ वैशाख । राप्ती गाउँपालिकाले अ.हे.व,अ.न.मी. र कार्यालय सहयोगी छनौटका लागि लिखित परीक्षाको नतिजा शुक्रवार प्रकासित गरेको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गाउँपालिकाले ३ स्थानमा स्वास्थ्य केन्द्र सञ्चालनका लागि आवेदन खुल्ला गरेको गाउँपालिका पदपुुर्ति समितिका सदस्य सचिव रेशमराज अधिकारीले जानकारी दिएका छन् । ३ स्थानका लागि ९ जना कर्मचारी आवश्यक रहेकोमा अहेव पदका लागि ३६ जना, अनमी पदका लागि २१ जना तथा कार्यालय सहयोगी पदका लागि २२ जना परिक्षार्थी परिक्षामा सहभागी भएका थिए । लिखित परिक्षामा सहभागीहरुको नतिजा प्रशासित गरिएको र लिखितमा सफल सहभागीकोे आगामीे पदपुुर्ति समितिको निर्णण अनुुसार बैशाख ३० गते विहान ७ ,८ र ९ बजे अन्तरवार्ता लिने पदपुुर्ति समितिका सदस्य सचिव अधिकारीले जानकारी दिएका छन् ।
Views: 0