ओमप्रकाश गुप्ता/ तिर्थराज ज्ञवाली
भालुवाङ २२ वैशाख । राप्ती गाउँपालिकाको वडा नम्बर २ का सबै टोलहरुमा सरसफाई गरिएको छ । राप्ती गाउँपालिकाको पुर्ण सरसफाई योजना अन्तरगत वडा नम्बर. २ का बराखुटी, टुडिखेल, कठाहा, एकतानगर लगायतका टोलहरुमा टोल सुधार समितिको सक्रियतामा शनिवार सरसफाई गरिएको वडा नम्बर २ का वडा अध्यक्ष जगत थापाले जानकारी दिएका छन् । गाउँ टोल सरसफाई अभियानमा शनिवार वडा नम्बर २ मा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल तथा वडा नम्बर २ का वडा सचिव हेमन्त भण्डारीको सहभागीता रहेको थियो ।
सरसफाई कार्यक्रम वडा नम्बर २ को टुडिखेल टोल सुुधार समितिका संयोजक सिता कुुवर, एकता नगर टोल सुुधार समितिका संयोजक हिमा पुरी, कालिका भारती, पुुर्वि बराखुटी टोल सुुधार समिति संयोजक मनकला भुुसाल , पश्चिम बराखुटी टोल सुुधार समिति संयोजक हिम प्रसाद पौडेल, कठाहा टोल सुधार समिति संयोजक नुमकला चौधरी लगायतको सहभागीतामा सरसफाई गरिएको छ ।
नियमित शनिवारीय टोल सरसफाई कार्यक्रममा प्लाष्टिक तथा अन्य सड्ने खालका फोरहलाई विभाजन गरी व्यवस्थापन गरिएको वडा अध्यक्ष जगत थापाले जानकारी दिएका छन् ।
Views: 0