राष्ट्रपति सवारीमा धेरै समय कुराएपछि यात्रुद्वारा ‘विद्रोह’, ट्राफिक प्रहरी हेरेको हे-यै

२०७५ फाल्गुन २२, बुधबार १३:२४ गते २०७५ फाल्गुन २२, बुधबार १३:२४ गते २०७५ फाल्गुन २२, बुधबार १३:२४ गते

अति गर्नु अत्याचार नगर्नु भन्ने नेपाली उखान त्यसै प्रचलित भएको होइन । यस्तै देखियो मंगलबार साँझ राजधानी काठमाडौंको सडकमा । राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजमा ‘सवारी’ हुने कार्यक्रम थियो । ‘अबको केही समयमा विशेष कारणवश शीतल निवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै प्रभावित हुनेछन् ।

सो रुटमा सञ्चालन हुने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरिन्छ’ भन्दै महानगरीय ट्राफिक प्रहरी कार्यालयले साँझ साढे ६ बजे यो सूचना जारी गरेको थियो । राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो रोक्ने गरिन्छ । साँझको बेला मानिसहरु घर फर्कँदै थिए । सवारी यही बेला प¥यो । लैनचौरको सडकमा ४० मिनेटदेखि ट्राफिक प्रहरीले बाटो रोकेर राखेका थिए ।

कमल विष्टले खिचेको भिडियोमा सुरुमा हर्न बजाएर विरोध गरिरहेको देखिन्छ । रोकिएका सवारीसाधनको भीडमा एकजना मानिसले आजित हुँदै भन्छन्, ‘यो बाटो राष्ट्रपतिभन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौँ ।’ सबैले ‘हो हो’ भन्दै आफ्नो सवारीसाधन अघि बढाउँछन् । विचरा ट्राफिक प्रहरी रोक्न खोज्छन्, मोटरसाइकलहरु सवारीका लागि रोकिएको ठाउँबाट एकपछि अर्को गर्दै हुरुरु कुद्छन् । यसरी साँझमै राष्ट्रपति भण्डारीको सवारीमा जनताले ‘विद्रोह’ गरेका छन् ।

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओली सेनाले गरेको रात्रिभोजमा सैनिक मुख्यालय भद्रकाली जाने क्रममा लामो समय सवारी रोकिँदा सास्ती भोग्नुपरेको भन्दै अवज्ञा गरेका हुन् । खानी विभाग, लैनचौर, केशरमहल र राजदरवार संग्रहालयको दक्षिण गेटमा सर्वसाधारणले हर्न बजाएर विरोध गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *