संसदमा बाबुरामले ‘मलाई दण्डित गर्नुस् सजाय भोग्न तयार छु’ भनेपछि

२०७५ फाल्गुन २२, बुधबार १५:५१ गते २०७५ फाल्गुन २२, बुधबार १५:५१ गते २०७५ फाल्गुन २२, बुधबार १५:५१ गते

काठमाडौं, २२ फागुन । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताएका छन् ।उनले ‘क्षमा गर र भूल’ भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफू दण्डित हुन पनि तयार रहेको बताएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै डा भट्टराईले भने ‘साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु।’ द्वन्द्व व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध श्रृजना भएको भन्दै उनले समयमै द्वन्द्व व्यवस्थापन गर्नुपर्ने जोड दिए।

उनले विप्लवलगायत तराईका असन्तुष्ट समूहसँग छलफल गरि समयमै माग सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए। विकास र सम्मृद्धिका सपना समयमै पूरा गर्न नसके मुलुक फेरि द्वन्द्वमा फस्ने भन्दै उनले विप्लब समूहप्रति लक्षित गर्दै भने, ‘उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन्।

यदि हामीले बेलैमा विकास र सम्मृद्धिका सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई शुसासन दिन सकेनौ भने त्यो ज्वाला फेरि दन्केर आउने खतरा म देख्छु। त्यो बाटो ठिक छैन तर उनीहरुले रक्तश्राप गरेर यो राज्यलाई कमजोर पार्ने सामथ्र्य राख्छन्।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *