काठमाडौं ।नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ । नेपाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौंमा निशुल्क बस सेवा सुरु गरेको हो ।
औषधि उपचारका लागि आउने बिरामीहरुका लागि पाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीले निशुल्क बस सेवा सुरु गरेको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो ।
दुई रुटमा संचालनमा ल्याइएको निःशुल्क बस सेवाका लागि बिहान ७ बजे छुट्ने बस विभिन्न स्थान हुँदै अस्पताल पुग्ने छ भने सोही रुट भएर दिउँसो साढे एक बजे फर्कने बताइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0