मेष
मेषः– शनिबार र आइतबारको समयले साथ दिने देखिन्छ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् । बाह्य व्यक्तिको भरमा काम नगर्नु होला । वैदेशिक कार्य योजनाले मुर्त रुप लिनेछ । नयाँ रोजगारीको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सोमबार र मंगलबार बढि प्रतिकुल देखिन्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक समस्या झेल्नु पर्नेछ । समय र धनको दुरुपयोग हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । बुधबार मध्यान्हबाट समयमा विस्तारै सुधार आउनेछ ।
बृष
वृषः– बुधबार मध्यान्ह सम्म समयले साथ दिनेछ । केहि उपलब्धि पूर्ण काम हुनेछन् । शनिबार र आईतबार बढि संघर्ष गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । अरुको भर परेर काम भने नगर्नु होला । सोमबार र मंगलबार समय बढि अनुकुल हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अवरुद्ध काम सम्पादन हुनेछन् । सहयोगी हात भेटिने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो अम्दानी गर्न सफल हुनुहुनेछ । विहिबार र शुक्रबारको दिन प्रतिकुल देखिन्छ । कारोवार गर्दा सतर्क रहनु होला ।
मिथुन
मिथुनः–शुरुमा अलमल बढि हुनेछ । समयको महत्व वुझेर अगाडि बढ्नु होला । सहज रुपमा काम गर्ने वातावरण बन्ने छैन । विरोधीको सामना गर्नु पर्नेछ । खर्चले डाडो काट्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् सतर्क भई अगाडि बढ्नु होला । जोखिमपूर्ण काममा हात नहाल्नु होला । मंगलबार देखि समयमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै पहलमा महत्वपूर्ण काम हुनेछन् । नयाँ कामको खोजी हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सुख शान्ति मिल्नेछ ।
कर्कट
कर्कटः– शनिवार र रविबार पारिवारिक समस्या बढ्ने देखिन्छ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । आफुमा भएको उर्जा अरुकोलागि प्रयोग हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । शरीरिक एवं मानसिक थकान बढि हुनेछ । खर्च बढ्नेछ । उपलब्धिका काम कम हुनेछन् । मनमा शान्ति मिल्ने छैन । सोमबार र मंगलबार अलमलमा नपरि काम गर्नु होला नत्र अवसर फुत्किनेछ । बुधबार मध्यान्हबाट समयमा सामान्य सुधार आउनेछ । तर सहज रुपमा काम गर्न सकिनेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
सिंह
सिंहः– साता मिश्रित फलदायि छ । आइतबार र सोमबारको समय थोरै अनुकुल देखिन्छ । प्रयत्न गर्दा धेरै काममा सफलता मिल्नेछ, केहि नयाँ काम हुनेछन् । सुखद् समाचार सुन्न पाइनेछ । मित्रहरु भेटिने छन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । शेष दिन त्यति अनुकुल देखिन्न । घरयासी खर्च बढ्नेछ । श्रमको मूल्य लिन निकै प्रयत्न गर्नु पर्नेछ । विश्वास गरेकाले धोका दिनेछन् । बन्न लागेका काम पनि विग्रिने छन् । आलोचना सहनु पर्ला ।
कन्या
कन्याः– बुधबार मध्यान्ह सम्म समयले साथ दिनेछ । उपलब्धिपूर्ण काम हुनेछन् । सवैलाई आफ्नो ठानेर काम गर्नु भयो भने धोका खानु हुनेछ । संयमित भएर काम गर्नु होला धेरै ठाँउमा सफलता मिल्नेछ । सहज र सरल तरिकाबाट काम बन्नेछन् । शिर झुकाएर काम गर्नु पर्ने छैन । बुधबार अपरान्ह बाट समयले समयले साथ दिने छैन । पारिवारिक समस्या बढ्ने देखिन्छ । आर्थिक पक्ष दूर्वल बन्नेछ । व्यापारबाट आम्दानी घट्नेछ । पहिचान नभएका,व्यवहारमा नपरेका व्यक्ति सँग आर्थिक कारोवार नगर्नु होला ।
तुला
तुलाः– समग्रमा साता अनुकुल नै देखिन्छ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । सोमबार र मंगलबार भने आर्थिक कारोवार गर्दा थोरै सचेत रहनु होला । संचित धनको नास हुनसक्छ । बुधबार मध्यान्हबाट काममा प्रगति हुनेछ । अबरुद्ध काम बन्ने छन् । इज्जत प्रतिष्ठा बढ्नेछ । सामान्य प्रयासबाट कार्य सम्पादन हुनेछन । आर्थिक तनाव घट्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । बन्धुको सहयोग मिल्नेछ ।
बृश्चिक
वृश्चिकः– शनिवार र आईतबार खर्च ज्यादा हुनसक्छ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । मिथ्या आरोप लाग्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । सोमबार बाट बुधबार मध्यान्ह सम्म समयले साथ दिनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । कार्र्य क्षमता बढ्नेछ । पुराना काम फस्र्योट हुनेछन् । उप्रान्त समय त्यति अनुकुल नहुन सक्छ । आफन्तबाट पराईको व्यवहार हुनेछ ।
धनु
धनुः– आय आर्जनका दृष्टिबाट शनिबार र आइतबार शुभ देखिन्छ । व्यापारबाट आम्दानी बढ्नेछ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । सोमबारबाट बुधबार मध्यान्ह सम्म समयले साथ दिने छैन । आम्दानीको तुलनामा खर्च बढि हुनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । शेष समय अनुकुल बन्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । रोकिएका काम बन्नेछन् । सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । उच्च व्यक्तित्व सँग भेट हुदा आत्म सन्तुष्टि मिल्नेछ ।
मकर
मकरः– शनिबार र आईतबार पुराना काम फस्र्योट हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । सोमबार बाट बुधबार मध्यान्हसम्म समय आय आर्जनका दृष्टिले महत्व पूर्ण रहनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । विदेश यात्राको योग पनि देखिन्छ । शेष समय कम अनुकुल देखिन्छ । खर्चमा तिव्रता आउनेछ । अनावस्यक काममा श्रम र धन लगानी हुनसक्छ । काम गरेर जश पाईने छैन । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । लेनदेन कारोबारमा समस्या आउनेछ । स्वास्थ्यमा लगानी बढ्नेछ ।
कुम्भ
कुम्भः– समग्रमा साता सुखद रहनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । विगतमा गर्न नसकेका काम हुनेछन् । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । इष्टमित्र साथि भाईबाट सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । आर्थिक उन्नति सन्तोषजनक नै रहनेछ । उद्योग धन्दा बन्द व्यापारबाट मुनाफा राम्रै हुनेछ । मिलेर र हेलचक्र्याई गरेर काम नगर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ ।
मीन
मिनः– साताको प्ररम्भ प्रतिकुल देखिन्छ नयाँ काममा हात नहाल्नु होला । अनावस्यक झै झमेला आई लाग्ने देखिन्छ । फजुल खर्च बढ्नेछ । चोटपटको भय पनि देखिन्छ । व्यापार व्यवसायमा समस्या आउनेछ । आत्मविश्वास घट्नेछ । मनमा शान्ति मिल्ने छैन । सोमबार देखि भने समयमा क्रमिक सुधार आउनेछ । धर्म कर्म तिर मन जानेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । नोकरी तथा राजनीति एवं शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । सहयोगी भेटिने छन् ।
Views: 0