त्रिभुवन विमानस्थलको एक्सरे: विदेशबाट आएको सुर्ती र चुरोट देख्छ तर सुन देख्दैन

२०७५ चैत्र १०, आईतवार ११:१५ गते २०७५ चैत्र १०, आईतवार ११:१५ गते २०७५ चैत्र १०, आईतवार ११:१५ गते

काठमाडौं।केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ‘एक्सरे’ मेसिन पार गरी ठूलो परिमाणमा सुन बाहिर ल्याइयो। त्यसरी सुन फुत्काउन संलग्न भन्सार कर्मचारी र उच्च तहका प्रहरी अधिकारीमाथि अनुसन्धान जारी छ। भन्सारको एक्सरे मेसिन र बाक्लो संख्यामा प्रहरी परिचालन भएको स्थानबाट सुन कसरी सहजै बाहिरिन्छ ? यसको चित्तबुझ्दो जवाफ कुनै निकायले दिन सकेको छैन।
विमानस्थल बाट निषेधित वस्तु फुत्किन्छन् या मिलेमतोमा फुत्काइन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान पनि हुन सकेको छैन। गत सोमबार वैदेशिक रोजगार पूरा गरी मलेसिया बाट फर्किएका तीन नेपालीलाई विमान स्थल प्रहरीले पक्राउ गर्‍यो। उनीहरू पक्राउ पर्नुको कारण थियो, ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बोक्नु। विदेशबाट आउने नेपालीले दुई सय खिल्ली चुरोट र ५० खिल्ली सिगार ल्याउन पाउँछन्।

यस्तै विदेशी नागरिकले दुई सय ५० खिल्ली चुरोट, आधा किलो सुर्ती र ५० खिल्ली सिगार ल्याउन पाउने व्यवस्था छ। मलेसियन एयर लाइन्सबाट आएका सुनसरीका कमल नारायण विश्वास, मोरङका शैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलियालाई भन्सार क्लिय रेन्स गरी बाहिरिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले विश्वासको साथबाट तीन सय ४४, माझीको साथबाट नौ सय ८०, थपलियाको साथबाट सात सय ३५ बट्टा सुर्तीजन्य पदार्थ बरामद गरेको थियो।पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको छ। भन्सार कार्यालयका अधिकारीले गल्ती भएको स्विकारेका छन्। एक अधिकारीले भने ‘गल्ती भयो, एक्सरेले देखेन।’ प्रहरी अधिकारी भन्छन् ‘एक्सरे नदेख्नु आश्चर्य जनक भयो।’ त्रिभुवन विमान स्थल भन्सार कार्यालयका प्रशासक गजेन्द्र ठाकुरले एक्सरे मेसिनले सुर्तीजन्य पदार्थ नदेखाएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *