रोइरहिन्, चिच्याइरहिन् किशोरी, तर पापीहरुले दुष्कर्म गर्दै बनाइरहे भिडियो, तत्काल प्रहरी लियाे यसरी एक्शन [भिडियो सहित]

२०७५ चैत्र २१, बिहीबार १५:०४ गते २०७५ चैत्र २१, बिहीबार १५:०४ गते २०७५ चैत्र २१, बिहीबार १५:०४ गते

रोइरहिन्, चिच्याइरहिन् किशोरी, तर पापीहरुले दुष्कर्म गर्दै बनाइरहे भिडियो, तत्काल प्रहरी लियाे यसरी एक्शन [भिडियो सहित] एजेन्सी- भारतीय सामाजिक संजाल संगै मिडियाहरुमा अहिले एक भिडियो चर्चामा छ। एक स्कुले छात्रा माथि दुर्व्यवहार भैरहेको भिडियो भारतमा भाइरल भएको हो। भिडियोमा एक स्कुले किशोरीलाई केहि ४ युवक मिलेर दुर्व्यवहार गरिरहेको देखिएको छ। स्कुले ड्रेसमै देखिएकी ती किशोरी माथि दुर्व्यवहार गर्दै गरेका युवकहरुले नै भिडियो सामाजिक संजालमा भाइरल गराएको बताइएको छ।

सामाजिक संजालमा भिडियो भाइरल भएपछि घटनालाई मिडियाहरुको हेडलाइन बनाएका थिए। भारतीय सामाजिक संजाल र मिडियामा भिडियो बारे व्यापक आलोचना भएपछि मात्र प्रहरी अनुसन्धानमा जुटेको मिडियाहरुले बताएका छन्।प्रहरीका अनुसार भिडियो भारत उत्तर प्रदेश स्थिति मेरठको रहेको छ। भिडियोमा देखिएको घटना हालसाल नभई लगभग १५-२० दिन अगाडीको रहेको प्रहरीको दाबि छ।

घटनामा संलग्न मूख्य आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र कारवाही अगाडी बढाइएको मेरठ पुलिसका एसएसपी एन तिवारीले बताएका छन्।मीडिया रिपोर्टका अनुसार उक्त भिडियो मेरठ देहातको कुनै एक स्कुल नजिकैको क्षेत्रमा कैद गरिएको थियो। प्रहरीले भिडियोमा देखिएको स्कुले छात्रासँग समन्वय गरेर अनुसन्धान गरिरहेको बताएको छ।अघिल्लो वर्ष पनि यस्तै भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। भिडियोमा केहि युवकहरुले एक महिलालाई जबर्जस्ति जंगल तर्फ तानेर लैजाँदै गरेको देखिएको थियो। इमेचीबाट साभार

यो पनि पढ्नुस

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि

मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ।  मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

?️मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

?️कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

?️ खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

?️ किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

– नुनको अधिक सेवन ।

– उच्च रक्तचापको उपचारमा लापरवाही ।

– धेरै मात्रामा पेन किलर लिन ।तपार्इलार्इ यो पोष्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरेमा जानकारी शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *