विश्वकै बढी नाफा कमाउने कम्पनी बन्याे साउदीको तेल उत्पादन गर्ने अरामको

२०७५ चैत्र २१, बिहीबार १७:०५ गते २०७५ चैत्र २१, बिहीबार १७:०५ गते २०७५ चैत्र २१, बिहीबार १७:०५ गते

काठमाडौं । विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा विश्वको अन्य कुनै पनि कम्पनीको भन्दा बढी भएको छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफाभन्दा ४६ प्रतिशत बढी हो ।साउदी अरामकाको नाफा जे पी मोर्गान चेज, अल्फाबेट, फेसबुक तथा एक्सन मोबिलको संयुक्तभन्दा पनि बढी भएको छ । २०१८ मा यी सबै कम्पनीको कुल मुनाफा जोड्ने हो भने १ सय ६ अर्ब डलर पुगेको थियो । जे पी मोर्गान अमेरिकाका प्रमुख बैंकमध्येको एक हो ।

एक्सन मोबिल अमेरिकाको सर्वाधिक ठुलो तेल कम्पनी हो । यो कम्पनीले गत वर्ष २०.८ अर्ब डलरको मुनाफा आर्जन गरेको थियो । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलो पटक आफ्नो वित्तिया नजिता घोषणा गरेको छ । २०१८ मा अरामकोको आम्दानी ३५५.९ अर्ब डलर रहेको थियो ।

२०१८ को डिसेम्बरको अन्त्यसम्ममा कम्पनीसँग ४८.८ अर्ब डलरको नगद संचिती रहेको थियो । यो २७ अर्ब डलरको ऋणको तुलनामा धेरैले बढी हो । २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतको वृद्धि भएपछि यसले अरामकोको नाफामा पनि वृद्धि भएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *