राप्ती गाउँपालिकाको न्यायिक समितिमा २२ वटा विबाद दर्ता

२०७५ असार २३, शनिबार १३:०९ गते २०७५ असार २३, शनिबार १३:०९ गते २०७५ असार २३, शनिबार १३:०९ गते

तिर्थराज ज्ञवाली/ओमप्रकाश गुप्ता
भालुवाङ २३ असार । राप्ती गाउँपालिकाको न्यायिक समितिमा २२ वटा विबाद दर्ता भएको छ । दर्ता भएको विवाद मध्ये ८ वटा विवाद मेलमिलापद्वारा समाधान,२ वटा विवाद भुमिसुधार कार्यालयमा समाधानका लागि सिफारीस गरिएको , ३ वटा इलाका प्रहरी कार्यालयमा पठाइएको र अन्य तारिकमा रहेका तथा छलफल चलिरहेको न्यायिक समिति संयोजक जगदम्बाकुमारी चौधरीले जानकारी दिएकी छिन् । गाउँपालिकाको तेस्रो गाउँसभाको वैठकवाट गाउँपालिका न्यायिक समितिको कार्यविधि सम्वन्धी विधेयक २०७५ सर्बसम्मत रुपमा स्वीकृत भएपछि न्याय सम्पादनमा समेत थप सजिलो भएको न्यायिक समितिकी संयोजक चौधरीले जानकारी दिएकी छिन् । स्थानीय नागरिकलाई साना तिना झैझगडा, कुलोपानी, आलीधुर, पानीघाटको बाडफाड, चरन घाँस दाउरा, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचार नगरेको लगायतका विषयहरु संग सम्वन्धित रहेर न्यायिक समितिले मेलमिलापको माध्यमवाट विवाद निरुपण गर्ने अधिकार अनुसार विवाद मेलाउदै आएको न्यायीक समिति सदस्य ताराबहादुर डिसीको भनाई रहेको छ । गाउँपालिकाको न्यायिक समितिमा जग्गा विबाद, आर्थिक लेनदेन ,घरझगडा जस्ता विबादहरु दर्ता भएको र विबाद समाधान गर्ने क्रममा विवादित पक्ष समयमै नआउदा तथा अन्य विभिन्न खालका समस्या समेत आईपर्ने न्यायिक समिति संयोजक चौधरीकोे भनाई रहेको छ । न्यायिक समितिले १३ प्रकारका विवाद निरुपण गर्ने तथा ११ प्रकारका विवादलाई मेलमिलापको माध्यमवाट निरुपण गर्ने गरेको र स्थानिय विवाद छलफलमा आउने भएकोले मेलमिलापको माध्यमवाट समाधान गरिएको न्यायिक समिति संयोजक जगदम्बाकुमारी चौधरीको भनाई रहेको छ । गाउँपालिकाको न्यायिक समितिमा आउने विवादहरुलाई सकेसम्म वडा कार्यालयमै मिलाउने उदेश्यले वडागत रुपमा मेलमिलाप समिति गठन गरेको र वडामा समाधान नभएका विवादलाई गाउँपालिकाको न्यायीक समितिमा छलफल गराई समाधानको वाटो खोजिने न्यायिक समितिका सदस्य विद्याशरण चौधरीे बताए । राप्ती गाउँपालिकामा पनि अन्य स्थानिय तहमा जस्तै विवाददर्ता हुने र गाउँपालिकाको न्यायिक समितिले कानुनि परामर्श लिई मेलमिलाप गर्ने र मेलमिलापद्वारा विवाद समाधान नभए अदालत जान सिफारिस गर्ने गरकोे राप्ती गाउँपालिका कानुनि परामर्शदाता सन्तोष पोखे्रलको भनाई रहेको छ । गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको संयोजकत्वमा गाउँकार्यपालिका सदस्य ताराबहादुर डिसी र विद्याशरण चौधरी सहितको तीन सदस्यीय न्यायीक समिति रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *